आजको पञ्चाङ्ग र राशिफल (वि. सं २०८२ जेठ २२ गते बिहिबार, जेष्ठ शुक्लपक्ष दशमी), Daily Horoscope of Thursday 5th June 2025

आजको पञ्चाङ्ग

वि. सं. :       वि. सं २०८२ जेठ २२ गते बिहिबार

इ.सं. :         5th June 2025 (Thursday)

सूर्योदय:       बिहान ०५:१० बजे

सूर्यास्त:        बेलुका १८:५६ बजे

तिथि :          दशमी २७:३५ सम्म, तत्पश्चात् एकादशी

पक्ष :            जेष्ठ शुक्लपक्ष

नक्षत्र :          उत्तरफाल्गुनी ०५:५९ सम्म, तत्पश्चात् हस्ता

योग :            सिद्धि ११:४४ सम्म, तत्पश्चात् व्यतीपात

करण :          तैतिल १४:४७ सम्म, तत्पश्चात् गर 

चन्द्रराशि:       कन्या

ऋतु :             ग्रीष्म

अयन :           उत्तरायण

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

न्यायपूर्वक गरेको पुरानो लगानीबाट आम्दानी बढ्नेछ। परिवारभित्र मनोमालिन्य बढ्ने सङ्केत छ । मान्यजनको सुझावलाई नमान्नाले काम बिग्रन सक्छ ।

 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

बौद्धिक क्षेत्रमा मानसम्मान मिल्नेछ। पारिवारिक सम्बन्ध सुधार हुनेछ। प्रतिस्पर्धाले पुरुषार्थी काम गर्ने हिम्मत प्रदान गर्नेछ । उद्योग तथा बन्दव्यापारबाट राम्रो फाइदा लिन सकिने छ ।

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

नयाँ कामको थालनी हुने योग छ। मनमा उत्साह र उमङ्ग बढ्नेछ। अधुुरा काम बन्नेछन्

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आम्दानी बढ्नेछ। स्वदेशमा भन्दा विदेशमा मन जानेछ। आलोचना हुने दिन छ। पारिवारिक साथ सहयोग मिल्नेछ। इच्छाशक्ति बढ्नुका साथै प्रयत्न गरेको काम छोटै समयमा पूरा हुन सक्छ । कामबाट पनि फुर्सद पाइने छ । प्रशंसकहरू बढ्नेछन् । आक्षेप लगाउनेहरू निष्क्रिय हुनेछन् ।

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

समयमा होस नपुग्नाले काम रोकिन सक्छ । फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ । धेरै लगानीपछि कममात्र फाइदा हुनेछ । होसियारीसाथ काम लिनुपर्ने समय छ ।

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

आम्दानीको स्रोत बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला । श्रमको उचित मूल्याङ्कन हुनेछ ।

 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला । पढाइलेखाइमा समय दिन सकिंदैन । आत्मबल र हिम्मतको प्रयोग गरेमा सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ । कामले धेरैको मन लोभ्याउन सकिनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ ।

 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

रोकिएका काम सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । गरेको कामले प्रशंसा पाउने छ । दीर्घकालिक फाइदाका लागि मिहिनेत र परिश्रम गर्ने समय छ ।

 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

श्रम र प्रयत्नको उचित मूल्य प्राप्त हुनेछ । अप्रत्याशित उपलब्धी प्राप्त हुँदा मनमा उमङ्ग पलाउने छ । गरी आएका व्यापारव्यवसाय र कामधन्दाका क्षेत्रबाट पनि फाइदा नै हुनेछ । परिवारमा राम्रो वातावरण हुँदा मन शान्त हुनेछ।

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

नयाँ ज्ञान सिक्ने मौका छ । पढाइमा प्रगति हुनेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । सञ्चित धन खर्च हुने योग छ। मन अशान्त रहे पनि शिक्षा र स्वास्थ्य क्षेत्रमा गरेको लगानीबाट उत्साह मिल्नेछ। परिवारमा हरेक काममा मेहनत गर्नुपर्ने दिन छ।

 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

मन अशान्त बन्नेछ। व्यवहारिक बोझले सताउने योग छ। अधिकारका लागि केही संघर्ष पनि हुन सक्छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गरे पनि अरूको हातमा गइसकेको अवसर जोगाउन सकिने छ ।

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

मान र सम्मानमा वृद्धि हुनेछ। सेवामूलक कार्यमा मन रमाउने छ। सञ्चित धन खर्च गर्नुपर्ने काम आइलाग्नेछ। परिवारले भने अप्ठेरोमा साथ र सहयोग गर्नेछन्।

  • Astrologer Amrit Adhikari

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish