साप्ताहिक राशिफल वि. सं. २०८२ जेठ १८ गतेदेखी २४ गते सम्म (Weekly horoscope of 1st To 7th June 2025)

साप्ताहिक राशिफल (वि. सं. २०८२ जेठ १८ गतेदेखी २४ गते सम्म)

https://hamrojyotish.com

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

राजनीति तथा समाजसेवामा सक्रिय व्यक्तिहरूका लागि प्रभाव विस्तार गर्ने अनुकूल अवसर प्राप्त हुनेछ। व्यवसायिक गतिविधिमा वृद्धिसँगै आम्दानीमा पनि सकारात्मक वृद्धि देखिनेछ। इमानदार र लगनशील कार्यको प्रशंसा हुनेछ। अध्ययनमा मन लाग्नेछ, प्रविधिको प्रयोगले विचार अभिव्यक्त गर्न सहजता मिल्नेछ। तर, बिहीबारपछिको समय स्वास्थ्यका दृष्टिले कमजोर देखिएकाले अनावश्यक यात्रा र जोखिमपूर्ण निर्णयबाट जोगिनु श्रेयस्कर हुनेछ।

 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

सप्ताहको प्रारम्भ र अन्त्य बौद्धिक तथा सिर्जनात्मक क्रियाकलापमा सफलता प्राप्त हुने समय हुनेछ। धार्मिक चासो बढ्नेछ र व्यवसायमा लाभ प्राप्त हुनेछ। पारिवारिक सम्बन्धमा सुदृढता आउनेछ। यद्यपि, सप्ताहको मध्यतिर आलोचना वा गलत बुझाइको सामना गर्नुपर्ने सम्भावना छ, त्यसैले प्रशासनिक वा सार्वजनिक काममा विशेष सतर्कता आवश्यक हुनेछ।

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

सप्ताह सामान्य रहनेछ। आत्मीय व्यक्ति वा साथीभाइसँग मतभेद देखा पर्न सक्छ। नयाँ लगानीभन्दा विद्यमान कार्यहरूलाई निरन्तरता दिनु उपयुक्त हुनेछ। प्रेम सम्बन्धमा भ्रम वा असमझदारी बढ्न सक्छ। यद्यपि, मंगल र बुधको सकारात्मक प्रभावले अध्ययन तथा सरकारी काममा प्रगति हुनेछ। धार्मिक यात्राको सम्भावनासमेत रहेकोछ।

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

शैक्षिक तथा प्रतिस्पर्धात्मक क्षेत्रमा सक्रिय रहेका व्यक्तिहरूका लागि समय अनुकूल देखिन्छ। व्यवसायमा लाभदायक परिस्थिति बन्नेछ भने प्रेम सम्बन्धमा समेत समयले साथ दिनेछ। तर, सवारीसाधनको प्रयोग र खानपानमा सतर्कता आवश्यक हुनेछ। पारिवारिक तिक्तता सिर्जना हुने सम्भावना रहेकाले संयमित व्यवहार अपनाउनु उपयुक्त हुनेछ।

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

अधुरा कार्यहरू सम्पन्न हुँदै जाँदा आत्मविश्वास बढ्नेछ। न्यायिक र व्यवसायिक क्षेत्रका कार्यमा सफलता मिल्नेछ। प्रेम र मित्रताको सम्बन्ध सुदृढ हुनेछ। तर, बिहीबारपछि स्वास्थ्य, सवारीसाधन प्रयोग र पारिवारिक विषयमा सतर्कता आवश्यक देखिन्छ।

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

शैक्षिक उन्नति र यात्राको सम्भावना रहेको सप्ताह हुनेछ। पारिवारिक सहयोगले व्यवसायमा लाभ पुग्नेछ। प्रेम सम्बन्धका दृष्टिले पनि समय सकारात्मक देखिन्छ। यद्यपि, न्यायिक मामिलामा सावधानी आवश्यक हुनेछ। स्वास्थ्य समस्यासँगै खर्चमा पनि वृद्धि हुन सक्ने संकेत देखिन्छ।

 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

पढाइ र प्रतिस्पर्धात्मक क्रियाकलापमा मन नलाग्ने सम्भावना छ। न्यायिक विवादमा संलग्न नहुनु उपयुक्त हुनेछ। प्रारम्भिक दिनहरूमा स्वास्थ्यमा कमजोरी र मानसिक दबाव देखिनेछ। तर, सप्ताहको मध्यदेखि सकारात्मक परिवर्तन आउन सक्नेछ। आफन्त तथा शुभचिन्तकको साथले मनोबल उच्च रहनेछ।

 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

पढाइ, यात्राका साथै दाजुभाइको सहयोगद्वारा आत्मबलमा वृद्धि हुनेछ। प्रेम सम्बन्ध सुदृढ बन्नेछ। विचार, लेखन वा अभिव्यक्तिका माध्यमबाट सामाजिक प्रभाव विस्तार गर्न सकिनेछ। राजनीतिक र सामाजिक क्षेत्रका व्यक्तिहरूका लागि आलोचनाको सम्भावना रहेकाले सचेत रहनु उपयुक्त हुनेछ।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

व्यवसायमा प्रगति र आम्दानीमा वृद्धि हुने सकारात्मक संकेत देखिन्छ। पारिवारिक भेटघाट र मनोरञ्जनको अवसर प्राप्त हुनेछ। तर, मंगलबारपछिका दिनमा घरेलु समस्याका कारण मानसिक तनाव बढ्न सक्छ। पढाइमा ढिलाइ, प्रेममा मतभेद र राजनीतिक क्षेत्रको गति केही मन्द रहने सम्भावना छ।

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

सामाजिक घुलमिल तथा मनोरञ्जनात्मक यात्राका अवसर मिल्नेछन्। वाणीमा प्रभावकारिता रहनेछ। व्यापार, परामर्श र लेखन कार्यमा सफलता प्राप्त हुनेछ। न्यायिक मामिलामा अनुकूलता देखिएको यस अवधिमा भौतिक सम्पत्ति विस्तार गर्ने अवसर पनि प्राप्त हुन सक्छ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

सप्ताहको प्रारम्भमा खर्च तथा स्वास्थ्यसम्बन्धी समस्याले सताउन सक्छ। विश्वासको दुरुपयोगबाट धोका पाउन सकिने भएकाले सतर्क रहनु आवश्यक छ। मंगलबारपछिका दिनहरूमा परिस्थितिमा सुधार आउनेछ। प्रतिष्ठामा वृद्धि हुनेछ र प्रविधिको प्रयोगबाट आम्दानीमा पनि सकारात्मक परिवर्तन देखा पर्नेछ। पारिवारिक र प्रेम सम्बन्धमा सामञ्जस्य कायम रहनेछ।

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

पैत्रिक सम्पत्ति तथा प्राकृतिक स्रोतको उपयोगबाट लाभ प्राप्त हुनेछ। अध्ययनमा उत्कृष्ट प्रगति हुनेछ। व्यवसाय लाभदायक रहनेछ भने विदेश यात्राको सम्भावनासमेत देखिन्छ। प्रवासमा कार्यरतका लागि समय विशेष फलदायी रहनेछ। तर, सप्ताहको मध्यतिर स्वास्थ्य तथा पारिवारिक विषयमा सतर्कता आवश्यक रहनेछ।

https://hamrojyotish.com

 
  • Astrologer Amrit Adhikari

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish