वि. सं. २०८२ साल जेठ महिनाको मासिक राशिफल

वि. सं. २०८२ साल जेठ महिनाको मासिक राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
मेष राशिका लागि जेठ महिना मिलेजुले परिणाम दिने देखिन्छ। सूर्यको गोचर दोश्रो भावमा रहेकोले वाणीमा संयमता आवश्यक छ। आर्थिक कारोबार र लेनदेनमा विवाद उत्पन्न हुन सक्ने सम्भावना रहेकाले विशेष सतर्कता अपनाउनु उपयुक्त हुनेछ। पारिवारिक र सामाजिक सम्बन्धमा खटपट तथा चोटपटकको सम्भावना पनि देखिन्छ। यद्यपि, जेठ १७ पछि शुक्रको अनुकूल प्रभावले आर्थिक लाभ, स्वास्थ्यमा सुधार, शत्रु नाश तथा पारिवारिक र प्रेम सम्बन्धमा सुधार आउने संकेत छन्।

 

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
वृष राशिका लागि यो महिना विशेषतः सकारात्मक रहनेछ। महिनाको प्रारम्भमा आम्दानीमा वृद्धिको सम्भावना रहेको छ। खाद्यान्न, वस्त्र तथा कलासाहित्य सम्बन्धी क्षेत्रमा लाभ मिल्नेछ। अघिल्तिर रोकिएका काम बन्ने सम्भावना पनि छ। तथापि, जेठ २२ पछि खर्चमा वृद्धिसँगै झुटा आरोप तथा कानुनी जटिलताका कारण सतर्क रहन आवश्यक हुनेछ।

 

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
मिथुन राशिका लागि जेठ महिना सामान्य रहनेछ। प्रारम्भिक चरणमा आर्थिक लाभ प्राप्त गर्ने प्रयासहरूबाट तत्काल प्रतिफल नआउँदा मानसिक निराशा बढ्न सक्छ। घरायसी खर्चमा वृद्धि हुने सम्भावना छ। यद्यपि, जेठ १७ पछिको समय अघिका प्रयासहरू सफल हुने, व्यवसायमा लाभ प्राप्त हुने तथा पदोन्नति र सम्मान प्राप्त हुने योग रहेकोले सकारात्मक रहनेछ।

 

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
कर्कट राशिका लागि यो महिना फलदायी रहनेछ। आम्दानीका नयाँ स्रोत खुल्ने, स्थिर सम्पत्ति वा सवारीसाधन प्राप्त हुने सम्भावना देखिन्छ। सन्तान र विद्याको क्षेत्रमा पनि सफलता मिल्नेछ। तर महिनाको अन्त्यतिर ध्यान केन्द्रित नभए केही कामहरूमा सफलता प्राप्त गर्न कठिन हुन सक्छ। खर्चमा नियन्त्रण र स्वास्थ्यमा सतर्कता अपनाउँदा समग्रमा महिना सफल रहनेछ।

 

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
सिंह राशिका लागि यो महिना राम्रो देखिन्छ। नयाँ कार्यको सुरुवात, पदोन्नति, सरकारी मान्यता वा वरिष्ठ व्यक्तिबाट सहयोग प्राप्त हुने सम्भावना छ। यद्यपि महिनाको अन्त्यतिर प्रतिस्पर्धा तीव्र हुन सक्ने तथा खर्च र आम्दानीबीच असन्तुलन सिर्जना हुन सक्ने भएकाले आर्थिक विषयमा सतर्क रहनुपर्छ।

 

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )
कन्या राशिका लागि जेठ महिना सामान्य रहनेछ। शैक्षिक तथा सामाजिक क्षेत्रमा प्रगति हुने सम्भावना छ। धार्मिक कार्यतर्फ आकर्षण बढ्नेछ। यद्यपि सन्तान सम्बन्धि सामान्य चिन्ता, आकस्मिक खर्च तथा यात्राबाट अपेक्षित लाभ नहुने देखिन्छ। महिनाको उत्तरार्धमा आर्थिक सुधार र पारिवारिक सम्बन्धमा सकारात्मकता देखिन्छ।

 

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते )
तुला राशिका लागि यो महिना मिश्रित रहने संकेत छ। व्यवसायिक वृत्ति तथा कर्मक्षेत्रमा विस्तारको सम्भावना रहँदा दाजुभाइबाट सहयोग प्राप्त हुन सक्छ। खेलकुदतर्फ पनि रुचि बढ्नेछ। तर आर्थिक पक्षमा खर्चमा वृद्धि तथा ऋण असजिलै उठ्ने परिस्थिति देखिन्छ। केही व्यक्तिहरू बाह्य सद्भाव देखाएर आन्तरिक बाधा उत्पन्न गर्न सक्ने भएकाले सावधानी आवश्यक छ।

 

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु )
वृश्चिक राशिका लागि जेठ महिना सामान्य रहनेछ। शुक्रको सकारात्मक प्रभावले पोषक वस्तु तथा विलासिताका सामग्री प्राप्त हुने, सुनचाँदी तथा सवारीसाधनमा लाभ हुने देखिन्छ। तर पारिवारिक र प्रेम जीवनमा विश्वासको संकट उत्पन्न हुन सक्छ। महिनाको उत्तरार्धमा व्यवसायिक सफलता, जग्गा–जमिन कारोबारबाट फाइदा तथा मेसिनरी व्यापारमा उन्नतिको सम्भावना छ।

 

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )
धनु राशिका लागि यो महिना शुभ रहनेछ। स्थिर सम्पत्ति तथा सवारीसाधन प्राप्तिको योग छ। पारिवारिक विवादको समाधान हुने, अध्ययन–अध्यापनमा सफलता र आर्थिक गतिविधिबाट सन्तोषजनक लाभ मिल्नेछ। यद्यपि, साथीभाइसँगको सम्बन्धमा मनमुटाव तथा अभिभावकको स्वास्थ्यमा कमजोरी देखिन सक्ने भएकाले ध्यान दिनु आवश्यक छ।

 

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )
मकर राशिका लागि यो महिना मिश्रित फलदायी रहनेछ। महिनाको प्रारम्भमा सन्तान विषयक चिन्ता तथा शारीरिक चोटपटक वा आगो/हतियार सम्बन्धी जोखिम देखिन्छ। शैक्षिक क्षेत्रमा अपेक्षित प्रगति नहुन सक्छ। तथापि, महिनाको मध्यदेखि नयाँ काम सुरु गर्न सकिने, आर्थिक अवस्था र पारिवारिक सम्बन्धमा सुधार आउने सम्भावना छ।

 

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )
कुम्भ राशिका लागि जेठ महिना सामान्य रहनेछ। सूर्यको गोचरका कारण स्वास्थ्यमा कमजोरी, आलस्य तथा विवादमा संलग्न हुने प्रवृत्ति देखिन्छ। कार्यक्षेत्रमा मन नलाग्ने अवस्था सिर्जना हुन सक्छ। तर शुक्रको अनुकूल प्रभावले घुमघाम, मनोरञ्जन, कृषि तथा फेशन डिजाइन जस्ता क्षेत्रमा लाभ मिल्नेछ। पारिवारिक र शैक्षिक क्षेत्र औसत रहनेछ।

 

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
मीन राशिका लागि यो महिना सकारात्मक रहनेछ। प्रतिस्पर्धामा सफलता, आत्मविश्वासको वृद्धि, सरकारी, कृषि तथा पशुपालन क्षेत्रमा प्रगति हुने सम्भावना छ। आर्थिक पक्ष सबल रहनेछ। पारिवारिक तथा सामाजिक जीवन सन्तोषजनक रहनेछ। विद्यार्थी वर्गका लागि यो समय पढाइमा राम्रो परिणाम ल्याउने अवसर प्रदान गर्नेछ।

https://hamrojyotish.com/

  • Astrologer Amrit Adhikari

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish