आजको पञ्चाङ्ग र राशिफल (वि. सं २०८२ वैशाख २४ गते बुधबार, वैशाख शुक्लपक्ष दशमी), Daily Horoscope of Wednesday 7th May 2025

आजको पञ्चाङ्ग

वि. सं. :       २०८२ वैशाख २४ गते बुधबार

इ.सं. :         7th May 2025 (Wednesday)

सूर्योदय:       बिहान ०५:२२ बजे

सूर्यास्त:        बेलुका १८:४० बजे

तिथि :          दशमी १३:०५ सम्म, तत्पश्चात् एकादशी

पक्ष :            वैशाख शुक्लपक्ष

नक्षत्र :          पूर्वफाल्गुनी २०:४८ सम्म, तत्पश्चात् उत्तरफाल्गुनी

योग :            व्याघात २७:२६ सम्म, तत्पश्चात् हर्षण

करण :          गर १३:०५ सम्म, तत्पश्चात् वणिज 

चन्द्रराशि:       सिंह २७:१३ सम्म, तत्पश्चात् कन्या

ऋतु :             वसन्त

अयन :           उत्तरायण

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । प्रेम सम्बन्ध र पढाईको क्षेत्र राम्रो रहनेछ। बोलीको प्रभाव बढ्नेछ। आर्थिक क्षेत्र सबल भएर जानेछ। 

 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

विद्या र बुद्धिले गरेको कामबाट राम्रो लाभ मिल्ने समय छ।  परिणाममुखी काममा लगानीको समय छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ ।

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक हुँदैन । नियमित खर्च बढ्न सक्छ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ ।  टाढाको यात्रा फलदायी हुँदैन ।

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । पढाइमा प्रगति हुनेछ । पारिवारिक सहयोग प्राप्त हुनेछ । व्यवसायिक क्षेत्र लाभप्रद रहने छ ।

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आर्थिक पक्ष सुदृढ बन्नेछ । कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । 

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

नयाँ कारोबारबाट बढी फाइदा लिने समय छ । व्यापारमा मनग्ये धनलाभ हुनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । 

 

 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

मिहिनेत आफूले गर्नुपर्ने तर जस अर्कैले पाउने कमजोर दिन छ । नोकरी वा व्यवसायका क्षेत्रमा देखापर्ने समस्यामा समय केन्द्रित हुनेछ । प्रेम जीवनमा असमझदारी र विद्यार्थीको पढाईमा मन नजान सक्छ

 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति हुनेछ ।  शत्रुहरू पराजित हुनेछन् । समाजसेवाका कामबाट लाभ हुनेछ ।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । विगतको श्रमबाट राम्रै लाभ हुनेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग पनि छ वा कतै रमाइलो यात्रामा निस्कन सक्नुहुन्छ । धार्मिक, सामाजिक वा माङ्गलिक कर्ममा सहभागी भइनेछ । 


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नु पर्नेछ । व्यवहारिक काममा  यात्रा गर्नुपर्ने हुन सक्छ। गरिरहेको काममा कडा मेहेनत गर्नुपर्नेछ भने नयाँ काम र लगानीको लागि उचित समय रहेको छैन।

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

नयाँ काम सुरु गर्ने समय छ । व्यापारमा मनग्ये धनलाभ हुनेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुन सुरु हुन सक्छन् ।

  • Astrologer Amrit Adhikari

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish