आजको पञ्चाङ्ग र राशिफल (वि. सं २०८२ वैशाख १६ गते मङ्गलबार, वैशाख शुक्लपक्ष द्वितीया), Daily Horoscope of Tuesday 29th April 2025

आजको पञ्चाङ्ग

वि. सं. :       २०८२ वैशाख १६ गते मङ्गलबार

इ.सं. :         29th April 2025 (Tuesday)

सूर्योदय:       बिहान ०५:२८ बजे

सूर्यास्त:        बेलुका १८:३६ बजे

तिथि :          द्वितीया २०:४० सम्म, तत्पश्चात् तृतीया

पक्ष :            वैशाख शुक्लपक्ष

नक्षत्र :          कृत्तिका २२:०० सम्म, तत्पश्चात् रोहिणी

योग :            सौभाग्य १८:५७ सम्म, तत्पश्चात् शोभन

करण :          बालव ०९:५० सम्म, तत्पश्चात् कौलव 

चन्द्रराशि:       वृष

ऋतु :             वसन्त

अयन :           उत्तरायण

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज मेष राशि भएकाहरूका लागि मध्यम फल दिने दिन रहनेछ। प्रेम सम्बन्धमा मिठास थपिनेछ र सामाजिक प्रतिष्ठा बढ्नेछ। समाजसेवामा मन लाग्नेछ र प्रतिस्पर्धीहरू निस्तेज हुँदै जानेछन्।

 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

वृष राशि हुनेहरूका लागि चन्द्रमाको शुभ प्रभावले आज मानसम्मान प्राप्त हुने दिन हो। सामाजिक, धार्मिक र व्यापारिक गतिविधिहरू स्थिर रहनेछन् तर प्रेम सम्बन्धमा धोका पाउने सम्भावना देखिन्छ, सचेत रहनुहोस्।

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

मिथुन राशि भएका प्रियहरूका लागि समय अलिक प्रतिकूल हुन सक्छ। अग्रजको सल्लाह लिएर मात्र नयाँ योजना सुरु गर्नुहोस्। वैदेशिक क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। पारिवारिक मेलमिलापको वातावरण बन्नेछ।

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

कर्कट राशिका लागि आजको दिन शुभ रहन सक्छ। दैनिक कार्यहरूमा स्थिरता आउनेछ। दीर्घकालीन योजनामा हात हाल्दा सफलता मिल्नेछ। धार्मिक भावनामा झन् आकर्षण बढ्ने संकेत छ।

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सिंह राशिका लागि आजको दिन विजयी र ऊर्जाले भरिएको रहनेछ। शत्रुहरू परास्त हुनेछन् र दैनिकीमा प्रगति देखिनेछ। राजनीतिमा पकड बलियो हुनेछ र स्वदेशमा गरेको कर्मबाट प्रतिष्ठा मिल्नेछ।

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

कन्या राशिका लागि आज समय मिश्रित रहन सक्छ। भविष्यसँग सम्बन्धित निर्णयहरूले सुख ल्याउनेछ। शिक्षा क्षेत्रमा गरेको मेहनतले मीठो फल दिन सक्छ। रोगबाट मुक्ति र प्रेम सम्बन्धमा सफलता सम्भावित छ।

https://hamrojyotish.com

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

तुला राशिका लागि आजको दिन सामान्य रहन सक्छ। सबै क्षेत्रमा स्थिरता रहनेछ। वैदेशिक क्षेत्रमा भने साथीभाइको समर्थनले नयाँ अवसरहरू प्राप्त हुनेछन्।

 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

वृश्चिक राशिका लागि आजको दिन अत्यन्तै शुभ देखिन्छ। बौद्धिक संगत हुनेछ र मनमा नयाँ विचारहरू जन्मिनेछन्। चुनौतीहरूलाई अवसरका रूपमा लिनुहोला। स्वास्थ्यमा ध्यान दिनु उपयुक्त हुनेछ। प्रेम र परिवारबाट विशेष हौसला मिल्नेछ।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

धनु राशिका लागि आजको दिन सामान्य रहनेछ। बोलीमा सजगता अपनाउनु राम्रो हुनेछ। आफन्तहरूको असहयोगबाट विचलित नभइ नयाँ मित्रबाट सहयोग प्राप्त हुने योग छ।

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

मकर राशिका लागि स्वास्थ्यको दृष्टिले दिन राम्रो रहनेछ। प्रतिस्पर्धीहरू कमजोर देखिनेछन्। शिक्षामा लगानी गरेको प्रयासले राम्रो प्रतिफल दिनेछ। स्वदेशमै कर्म गर्दा लाभ मिल्नेछ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

कुम्भ राशिका लागि आज समय केही चुनौतीपूर्ण रहन सक्छ। नयाँ योजना सुरु गर्न अहिले अनुकूल समय होइन। खर्च बढ्न सक्नेछ। यद्यपि, वैदेशिक क्षेत्रमा प्रतिष्ठा, नाम र सम्मान प्राप्ति सम्भव छ।

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

मीन राशिका लागि आज अत्यन्तै उत्कृष्ट दिन रहनेछ। विभिन्न संघसंस्थाबाट समर्थन प्राप्त हुनेछ। शिक्षामा गरेको प्रयासबाट सन्तोष मिल्नेछ। पारिवारिक सद्भावले दिन अझ रमाइलो बन्नेछ।

 
  • Astrologer Amrit Adhikari

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish