कुम्भ राशिको वि. सं. २०८२ सालको वार्षिक राशिफल

कुम्भ राशि (Aquarious)

नामको पहिलो अक्षर: गु, गे, गो, सा, सि, सु, से, सो, दा। 
राशिस्वामी: शनि

कर्मक्षेत्र /जागिर :
कुम्भ राशिका लागि नयाँवर्ष लाभदायी रहनेछ । शनि साढेसातीको प्रभावले कार्यमा केही कठिन परिस्थितिको सामना गर्नुपर्ने देखिन्छ। जागिरको क्षेत्र मजबूत नै। देखिन्छ । पदप्रतिष्ठामा अभिवृद्धिका योग देखिन्छन् । निर्णयप्रक्रियामा बुद्धिपक्षको प्रयोग सुखद् रहनेछ।

आर्थिक:
आर्थिक दृष्टिले योवर्ष मध्यम फलदायी रहनेछ । कृषि एवं पशु चौपायबाट लाभका योग देखिन्छन् । लेनदेनमा सजग रहनु उचित हुनेछ । व्यापार व्यवसायमा मिहिनेत परेपनि पूर्णतः प्रतिफलदायी रहनेछ । सेयर व्यवसाय फलदायी नै रहनेछ । आर्थिक योजना बनाएर चल्नु सुखद् रहनेछ। कुनै पनि नयाँ लगानी वा ऋण लिने निर्णय गर्नु अघि विवेकको प्रयोग सुखद् रहने छ ।

विद्या:
विद्याको भाव सुखद् रहनेछ । अध्ययनार्थ वैदेशिक यात्राका योग पनि देखिन्छन् । प्राविधिक पक्षको अध्ययनार्थीका निम्ति वर्ष सुखद् रहनेछ । वैदेशिक क्षेत्र सुखद् नै देखिन्छ।


परिवारका दृष्टिले वर्ष मिश्रित फलदायी रहनेछ । सन्तानको सहयोग मध्यम रूपमा प्राप्त हुनेछ । दाम्पत्य पक्ष औसत फलदायी रहनेछ। परिवारका सदस्यहरूसँग खुला र सकारात्मक संवाद राख्नु सुखद् रहनेछ । प्रेमजीवन यो वर्ष सुखद् नै देखिन्छ । सकारात्मक सोचले प्रेममा सफलता मिल्ने देखिन्छ । राजनीतिमा पनि सफलता मिल्नेछ । सकारात्मक महिना : वैशाख, श्रावण, मार्ग, पौष रहनेछन् । ज्येष्ठ, आश्विन, माघ महिनामा सजग रहनु उचित हुनेछ । बुद्धिपक्षको प्रयोग पनि सुखद् रहने देखिन्छ ।

स्वास्थ्य:
स्वास्थ्यको क्षेत्र मध्यम फलदायी रहनेछ । तनाव र चिन्ताले मनोबल कमजोर हुन सक्छ । स्वस्थ खानपान र नियमित व्यायाममा ध्यान दिनु लाभप्रद रहनेछ। आध्यात्मिक दृष्टिले वर्ष फलिभूत रहनेछ । "ॐ नमः शिवाय"का साथै महामृत्युञ्जयको जप कल्याणदायी रहनेछ । आध्यात्मिक कार्यमा संलग्नता बढ्नेछ । सकारात्मक सोच र आत्मविश्वासका साथ कार्यमा अघि बढ्नु लाभप्रद रहनेछ ।

  • Astrologer Amrit Adhikari

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish