धनु राशिको वि. सं. २०८२ सालको वार्षिक राशिफल

धनु राशि (Sagittarious)

नामको पहिलो अक्षर : ये, यो, भा, भि, भु, धा, फा, ढा, भे। 
राशिस्वामी : बृहस्पति

कर्मक्षेत्र/जागिर :
धनु राशिका लागि नयाँवर्ष वि.सं. २०८२ साल उन्नत रहनेछ । बौद्धिक क्षेत्रमा विशेष संलग्नता रहने देखिन्छ। कार्यक्षेत्रकमो प्रतिस्पर्धामा निरन्तर लागि पर्नु नै उचित हुने देखिन्छ। जागिरका नयाँ अवसर प्राप्त हुनुका साथै कार्यरत व्यक्तिका निम्ति पदोन्नतिका योग पनि देखिन्छन्। अढैया शनिको प्रभाव रहने भएकाले कार्यक्षेत्रमा यत्नपश्चात् मात्र प्रतिफल प्राप्त हुने देखिन्छ । चित्तलाई स्थिर बनाइ गरिएका कार्य फलदायी रहनेछन् ।

आर्थिक:
आर्थिक स्थिति मिश्रित रहनेछ। शुरुका महिना केही उत्तारचढाव भए तापनि बीचमा आर्थिक सुधार आउनेछ। विभिन्न लगानी र व्यापारमा अवसरहरू प्राप्त हुनेछन्, तर निश्चित जोखिमहरू पनि रहनेछन्। यथासम्भव सजग र विवेकपूर्ण निर्णय लिनु महत्त्वपूर्ण हुनेछ । सम्पत्ति र गृह निर्माणको लागि केही अवसर आउन सक्छ। तपाईले केही दीर्घकालीन लगानी गर्न सक्नुहुन्छ। अनावश्यक खर्चबाट बच्नु पर्नेछ, विशेषगरी मानसिक र तनावको कारण खर्च बढ्न सक्छ ।

यात्रा:
वैदेशिक क्षेत्रका साथै यात्राका दृष्टिले यो वर्ष उन्नत रहनेछ ।

व्यवसाय र भविष्य:
नोकरी र व्यवसायमा वर्षको मध्यतिर अस्थिरता आउन सक्छ। स्थान परिवर्तनको सम्भावना देखिन्छ । परिश्रमपूर्वक गरिएका कार्य सफल रहनेछन् । जनसम्पर्क र सामाजिक सञ्जालमा तपाईको छवि सुदृढ हुने समय हुनेछ। राजनीतिक क्षेत्रका लागि भने, केही समय चुनौतीपूर्ण हुन सक्छ । सहकर्मीहरूको समर्थन र प्रयासले तपाईलाई कठिनाइहरू पार गर्न सहयोग पुर्याउनेछ ।

स्वास्थ्यः
स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । खानपान र नियमित व्यायाममा ध्यान दिनु आवश्यक हुनेछ ।

सामाजिक जीवनमा समय बिताउन र परिवारसँग राम्रो सम्बन्ध राख्न सकिन्छ । वैवाहिक जीवनमा केही तर्कवितर्क र समस्याहरू आउन सक्छ, तर विश्वास र समझदारीको साथ तपाई यी समस्याहरूलाई हल गर्न सक्नुहुन्छ। सन्तानसँगको सम्बन्धमा सुधार आउने छ। यो वर्षका ज्येष्ठ, आश्विन, कार्तिक र फाल्गुन महिनामा गरेका प्रयासहरू सकारात्मक नतिजा दिन सक्नेछन् ।

अढैया शनिको प्रभाव वर्षभरि नै रहने भएकाले शनिको मन्त्र जप, भगवान् शिवको आराधना, शनिमृत्युञ्जयको पाठ यो वर्ष सुखद् रहने देखिन्छ। गायत्रीको मन्त्रजपका साथै योगाभ्यासले स्वास्थयमा सकारात्मक प्रभाव रहनेछ । निर्णय प्रक्रियामा बुद्धिपक्षको प्रयोग सुखद् रहने देखिन्छ ।

  • Astrologer Amrit Adhikari

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish