कर्कट राशिको वि. सं. २०८२ सालको वार्षिक राशिफल

कर्कट राशि (Cancer)

नामको पहिलो अक्षर : हि, हु, हे, हो, डा, डि, डु, डे, डो
राशिस्वामी : चन्द्रमा

कर्मक्षेत्र /जागिर : कर्कट राशिका लागि नयाँ वर्ष मिश्रित फलदायी रहनेछ। आरम्भकालिक महिना केही कार्यदायी र दुविधा युक्त रहनसक्नेछन् । विस्तारै परिस्थिति अनुकूल हुदै जानेछ। जीवनमा नयाँ योजना सुरु गर्न अनुकूल समय आउने देखिन्छ । पेशागत जीवन उपलब्धिमूलक रहनेछ । जागिमा पदोन्नतिका अवसर मिल्नेछन् ।

आर्थिक पक्ष मध्यम फलदायी रहनेछ। लगानी गर्दा वा ऋण लेनदेन गर्दा बुद्धिपक्षको प्रयोग सुखद् रहनेछ। वर्षको उत्तरार्द्धबाट व्यापारमा वृद्धि हुनेछ । आम्दानीका स्रोत बढ्‌नेछन् । सेयर व्यवसाय मध्यम फलदायी रहने देखिन्छ । लगानीका नयाँ अवसर मिल्नेछन् ।

स्वास्थ्यमा ध्यान दिनुपर्ने वर्ष हो । हाडजोर्नी, पाचन र मानसिक तनाव सम्बन्धी समस्या देखिन सक्छ । नियमित व्यायाम र खानपानमा विशेष ध्यान दिनुहोस् । आयुर्वेद वा योगलाई जीवनशैलीमा समावेश गर्नु लाभदायक हुनेछ।

पारिवारिक सम्बन्धमा मध्यम फलदायी रहनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ । सन्तान सुख प्राप्तिको योग देखिन्छ। नयाँ सदस्यको आगमनले परिवारमा खुशी ल्याउनेछ ।

विद्याको क्षेत्र फलिभूत रहनेछ। विद्यार्थीहरूका लागि यो वर्ष मध्यम फलदायी हुनेछ । वैशाख, ज्येष्ठ र आश्विन महिनामा पढाइप्रति रुचि बढ्नेछ । उच्च शिक्षाका लागि प्रयासरतले सफलता प्राप्त गर्ने सम्भावना छ । प्राविधिक पक्षको अध्येताका निम्ति वर्ष अधिक फलदायी रहनेछ । अध्यापनको क्षेत्र पनि सुखद् नै रहने देखिन्छ । वैदेशिक
यात्राका योग देखिन्छन् । 

प्रेमसम्बन्ध सुदृढ रहनेछ । समर्पणको भावनाले प्रेममा सफलता मिल्नेछ । दाम्पत्य पक्ष पनि फलिभूत नै रहने देखिन्छ । धार्मिक गतिविधिमा रुचि बढ्नेछ। तीर्थ यात्रा वा कुनै धार्मिक अनुष्ठानमा सहभागी हुने अवसर मिल्न सक्छ। बिहान "ॐ नमः शिवाय" मन्त्र जप गर्नु मानसिक शान्तिका लागि लाभदायक हुनेछ । अनुकूल महिनाः बैशाख, ज्येष्ठ, आश्विन, माघ । चुनौतीपूर्ण महिनाः साउन, कार्तिक, फाल्गुन रहनेछन् । आर्थिक लेनदेनमा सावधानी अपनाउनुहोस्। नियमित योग र ध्यानले स्वास्थ्य सुखद् रहनेछ । बलभन्दा बुद्धिको प्रयोगले सफलता प्राप्त हुनेछ। सामाजिक मान प्रतिष्ठा प्राप्तिका योग देखिन्छन् । धैर्य, परिश्रम र सही योजना महत्वपूर्ण रहनेछन् ।

  • Astrologer Amrit Adhikari

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish