मिथुन राशिको वि. सं. २०८२ सालको वार्षिक राशिफल

मिथुन राशि (Gemini)

नामको पहिलो अक्षर का, कि, कु, घ, ङ, छ, क. को, हा। 
राशिस्वामी: बुध

कर्मक्षेत्र /जागिर मिथुन राशिका लागि नयाँवर्ष चुनौती र अवसरले भरिपूर्ण रहने देखिन्छ। ग्रह गोचरले तपाइँका जीवनका विभिन्न क्षेत्रमा मिश्रित प्रभाव पार्नेछन् कर्मक्षेत्र सबल रहनेछ। भौतिक वस्तुबाट लाभका योग देखिन्छन् । कार्य क्षेत्रमा उन्नतिका साथै सुखद् परिभ्रमणका अवसर मिल्नेछन्। अधुरा काम बन्ने देखिन्छ। शत्रुपक्षबाट भने सजग रहनु रहन् नै उचित हुनेछ। हुनेछ। पद प्रतिष्ठामा वृद्धि हुने देखिन्छ। 

आर्थिक दृष्टिले नयाँवर्ष सुखद् रहनेछ । भूधन लाभप्रद रहनेछ । जग्गा जमीनको व्यवसाय लाभप्रद रहनेछ । जलीय क्षेत्रको व्यवसाय मध्यम फलदायी रहनेछ सेयर कारोबारबाट लाभहुने देखिन्छ। फाल्गुन र चैत्र महिनामा आर्थिक दृष्टिले अस्थिर रहन सक्नेछन् । ठूला लगानी वा ऋण लिने काम गर्दा सतर्क रहनु उचित हुनेछ । कुनै पनि
महत्त्वपूर्ण निर्णय लिंदा वा सम्झौतामा हस्ताक्षर गर्दा बुद्धिपक्षको उपयोग उचित हुनेछ। विशेषतः वैशाखदेखि भदौसम्म कार्यक्षेत्रमा सकारात्मक प्रगति हुनेछ । व्यापार वा नोकरी गर्नेहरूका लागि नयाँ अवसर प्राप्त हुनेछ । 

विद्याको भाव फलिभूत नै रहने देखिन्छ । वैदेशिक क्षेत्रबाट पनि लाभका योग देखिन्छन् । कलात्मक पक्षको अध्ययन अध्यापन यो वर्ष सुखद् रहने देखिन्छ। नयाँ खोज अनुसन्धानमा प्रवृत्ति बढ्नेछ । विशेषतः भाद्र र माघ महिनामा विदेश यात्राको सम्भावना रहनेछ। 

राजनीतिको क्षेत्र यो वर्ष लाभदायक नै देखिन्छ। सामाजिक प्रतिष्ठामा पनि वृद्धि हुनेछ। बोलिको प्रभावका कारण मानिसहरू आकर्षित हुनेछन्। 

दाम्पत्य जीवनमा मिश्रित फलदायी रहनेछ । सन्ततिबाट सुखका योग देखिन्छन् । प्रेमपक्ष अनुकूल नै रहने देखिन्छ। 

स्वास्थ्य का दृष्टिले वर्ष मिश्रित फलदायी रहनेछ। साउन र मंसिर महिनामा विशेष सतर्क रहनु होला। खानपानमा ध्यान दिनु उचित रहनेछ।

धैर्य र संयमको अभ्यासका साथै गायत्रीको मन्त्रजप एवं ध्यान शुभ फलदायी रहनेछ। मंगलवारका दिन गणेश भगवानको पूजा गर्दा राम्रो हुनेछ। शुभ समयलाई सदुपयोग गरी लक्ष्यमा केन्द्रित रहनु कल्याणदायी रहनेछ।

शुभ महिना: वैशाख, असार, भदौँ, माघ रहनेछन् ।

  • Astrologer Amrit Adhikari

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish