आजको पञ्चाङ्ग र राशिफल (२०८१ वैशाख १ गते शनिबार, चैत्र शुक्लपक्ष पञ्चमी), Daily Horoscope of Saturday 13th April 2024

आजको पञ्चाङ्ग

वि. सं. :       २०८१ वैशाख १ गते शनिबार

इ.सं. :         13th April 2024 (Saturday)

सूर्योदय:       विहान ०५:४३ बजे

सूर्यास्त:        बेलुका १८:२७ बजे

तिथि :          पञ्चमी १६:२७ सम्म, तत्पश्चात् षष्ठी 

पक्ष :            चैत्र शुक्लपक्ष

नक्षत्र :          मृगशिरा २९:०४ सम्म, तत्पश्चात् आर्द्रा

योग :            सौभाग्य ०६:१६ सम्म, तत्पश्चात् शोभन 

करण :          बालव १६:२७ सम्म, तत्पश्चात् कौलव      

चन्द्रराशि:       वृष १६:५९ सम्म, तत्पश्चात् मिथुन 

ऋतु :             वसन्त

अयन :           उत्तरायण

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मेष राशि भएकाहरूका लागि आजको दिन राम्रो रहन सक्छ । सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। खर्च भएपनि विभिन्न अवसरले पछ्याउनेछन्। मेहनत गर्दा अवसर भने पाइनेछ।

 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

नयाँ व्यवसाय सुरु गर्ने मौका छ। महत्वपूर्ण काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। पारिवारिक भेटघाटले प्रसन्नता मिल्नेछ।

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

प्रयत्न गर्दा भाग्यले साथ दिनेछ। परिवारको सहयोगमा महत्वपूर्ण काममा सफलता मिल्नेछ। श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ।

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

रमाइलो यात्राको अवसर जुट्न सक्छ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिन सक्छ। अप्ठ्यारा कामको बोझ थपिने सम्भावना छ।

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सुरुमा केही खर्च लागे पनि सोचेको काम बन्नेछ। व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ। असन्तुलित खानपानले पेटको समस्या आउने समय छ। 

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

प्रशंसकहरू बढ्नेछन् र मानसम्मान समेत पाइनेछ। प्रतिस्पर्धीहरूलाई सजिलै वशमा ल्याउन सकिनेछ। सहयोगीहरू जुट्नाले व्यवसायबाट प्रशस्त फाइदा उठाउने मौका छ। 

 

 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

आफ्नो क्षेत्रमा प्रभुत्व जमाउने समय छ। पैत्रिक सम्पत्तिको उपयोगबाट थप फाइदा उठाउन सकिनेछ। प्रतिष्ठित कामको जिम्मेवारी पाइनेछ।

 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

विगतका कमजोरी सच्याउने मौका मिल्नेछ। विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ। व्यापार ब्यबसायबाट लाभ मिल्नेछ।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

काममा सुधार आउनुका साथै आस मारेको काम बन्नाले उत्साहित भइनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। समुदायको हितमा गरिएका कामको तारिफ हुनेछ।

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

सामान्य कामबाट राम्रो लाभ उठाउन सकिनेछ। लगनशीलताले महत्वपूर्ण काम दिलाउन सक्छ। मानसम्मान पनि पाइनेछ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

अध्ययन अध्यापनमा प्रगति हुनेछ। बोलीको प्रभावले धेरैलाई आकर्षित गर्नुका साथै सजिलै काम बनाउन सकिनेछ। रमाइलो यात्राको योग रहेको छ।

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ। दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्नेछ।

  • Astrologer Amrit Adhikari

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish