कुम्भ राशि
कुम्भ राशिको लागि २०८० साल सामान्य समय रहेको छ । बृहस्पति तथा शनिको गोचरका साथै मध्य साढेसातीको प्रभाव यो वर्ष यस वर्ष खर्चको मात्रा बढ्ने, मानसिक तनाव तथा स्वास्थ्यसम्बन्धी समस्या हुने, डरत्रासले चिन्ता, आर्थिक अवस्था कमजोर हुन सक्ने र पढाईमा मन नलाग्ने समय देखिन्छ ।
स्वास्थ्य
बृहस्पतिको तेश्रो राशिको गोचर र शनि ग्रहको प्रथम गोचरको प्रभावले यो वर्ष तपाईंको शरीरमा आलस्यता आउने, नशा सुन्निने, पेट दुख्ने, चिसोबाट समस्या हुन सक्ने सम्भावना रहेकाले सतर्क रहनुपर्ने समय छ। यो समयमा दाजुभाई तथा पत्नीको स्वास्थ्य पनि कमजोर रहन सक्ने समय देखिन्छ।
व्यापार/व्यवसाय/आर्थिक
व्यापार व्यवसायका दृष्टिले यो वर्ष सामान्य देखिन्छ। बृहस्पति तथा शनिको गोचरको प्रभावले हरेक क्षेत्रका व्यवसाय यो वर्ष सामान्य नै रहन सक्नेछन्। सामाजिक तथा परोपकारका काममा धेरै समय बित्नेछ । नोकरी र वैदेशिक क्षेत्रको काममा लागेका व्यक्तिहरुले केहि ढिलासुस्ती र समस्याका बाबजुद प्रशस्तै लाभ लिन सक्नेछन् । पशुपालन र जग्गाजमिन सम्बन्धी कारोबारबाट मध्यम लाभ मिल्नेछ। आयआर्जन तथा नयाँ लगानीको क्षेत्र यो वर्ष सामान्य देखिन्छ।
पेशा/रोजगार/शिक्षा
प्राविधिक तथा वैदेशिक क्षेत्रमा काम गर्ने व्यक्तिहरुले लाभ लिन सक्ने समय छ। पर्यटन तथा स्वास्थ्य क्षेत्रमा काम गर्ने व्यक्तिहरुले पनि सफलता प्राप्त गर्ने समय छ। प्राविधिक विषय पढ्ने विद्यार्थीले थोरै मेहनतमा राम्रो परिणाम प्राप्त गर्न सक्छन् भने शिक्षा क्षेत्रका विद्यार्थीको लागि समय सामान्य देखिन्छ।
प्रेम तथा पारिवारिक सम्बन्ध
यो वर्ष प्रेम तथा पारिवारिक सम्बन्ध सामान्य रहन सक्छ। शनिको गोचरका कारण एक आपसमा अविश्वास हुन सक्ने रहेकाले प्रेममा रहेका व्यक्तिहरुले ध्यान दिनुपर्ने देखिन्छ। वैवाहिक जीवनमा केहि समस्याका बाबजुत सम्बन्ध राम्रो रहन सक्छ भने अन्य पारिवारिक सम्बन्धको लागि पनि समय मध्यम देखिन्छ।
शुभ रंग/अङ्क
कुम्भ राशिको लागि यो वर्ष खैरो, सेतो तथा रातो रङ्ग शुभ रहन सक्छ।
त्यस्तै शुभ अङ्कहरु १, ३, ७, ८ रहेका छन्।
उपाय
कुम्भ राशिका व्यक्तिहरुले बृहस्पति तथा शनिको ग्रह शान्ति पुजा गर्दा राम्रो हुन्छ। बिहिबारको दिन पहेंलो कपडा दान गर्दा, विष्णु भगवानको दर्शन तथा पुजा गर्दा र शनिबार शनिदेवको दर्शन गर्दा पनि कल्याण हुन सक्छ।