मकर राशिको २०८० सालको वार्षिक राशिफल

मकर राशि
मकर राशिको लागि २०८० साल मध्यम समय रहेको छ । बृहस्पति ग्रहको चतुर्थ गोचर र शनि ग्रहको द्वितीय गोचरको फल प्रतिकूल रहेकाले अनावश्यक विवादमा पर्न सक्ने, धनको हानी हुने, शत्रु बढ्ने, मानसिक तनाव बढ्ने, स्वास्थ्यमा बाधा हुने समय छ। कार्तिकबाट राहुको गोचर तृतीय स्थानमा शुभ फलदायी रहनाले शरीर स्वस्थ रहने र सोचे अनुरूप नै धनलाभ हुनेछ । नोकरी मध्यम फलदायी रहेको छ । वैदेशिक क्षेत्रका काम बन्नुका साथै आर्थिक लाभसमेत हुनेछ । पठनपाठनमा रुचि बढ्नेछ ।

 

स्वास्थ्य
बृहस्पति ग्रहको चतुर्थ गोचर तथा शनि ग्रहको द्वितीय गोचरको प्रभावले यो वर्षको पूर्वार्धमा स्वास्थ्य सामान्य रहन सक्छ। छातीमा समस्या आउने, टाउको दुख्ने वा टाउकोमा चोटपटक लाग्न सक्ने,मुखमा विकार आउने आदि हुन सक्ने भएकाले स्वास्थ्यमा ध्यान दिनुपर्ने समय छ। यो वर्ष आमाको स्वास्थ्य पनि केहि कमजोर रहन सक्छ। कार्तिकबाट राहुको गोचर तृतीय स्थानमा शुभ फलदायी रहनाले शारीरिक समस्या कम हुन सक्छ। 

 

व्यापार/व्यवसाय/आर्थिक
व्यापार व्यवसायका दृष्टिले यो वर्ष सामान्य नै देखिन्छ। बृहस्पति तथा शनिको गोचरको प्रभावले हरेक क्षेत्रका व्यवसाय यो वर्ष सामान्य नै रहन सक्ने रहेपनि कार्तिकबाट राहुको गोचर तृतीय स्थानमा परिवर्तन हुने भएकाले त्यसपछिको समयमा जग्गाजमिन सम्बन्धी कारोबार गर्ने, कृषि तथा पशुपालन गर्नेहरुले नाफा कमाउने समय छ । वैदेशिक क्षेत्रका कामहरु पनि यो समयमा बन्न सक्छन्। यो वर्ष खर्च बढ्न सक्छ भने उचित प्रतिफल नमिल्ने स्थानमा लगानी हुन सक्ने रहेकाले सतर्क रहनुपर्ने देखिन्छ। आर्थिक दृष्टिले. असार, कात्तिक, मङ्सिर र चैत महिना शुभ रहेका छन् ।

पेशा/रोजगार
यो वर्ष सबै क्षेत्रमा काम गर्ने व्यक्तिहरुको लागि समय सामान्य नै देखिन्छ। वर्षको उत्तरार्धबाट काममा केहि प्रगतिको योग रहेको छ। विद्यार्थीहरुले पढाईमा सामान्य प्रगति गर्न सक्ने समय रहेको छ। 

 

प्रेम तथा पारिवारिक सम्बन्ध
यो वर्ष प्रेम तथा पारिवारिक सम्बन्ध सामान्य रहन सक्छ। विवाह गर्ने व्यक्तिहरुको केहि ढिलासुस्तीको बावजुत विवाह हुन सक्छ। प्रेम जीवनमा रहेकाहरुले आफ्नो प्रेमीप्रेमीकाको खुसीको लागि धेरै प्रयत्न गर्नुपर्ने हुन सक्छ। पारिवारिक जीवनमा सामान्य मतभेद देखिए पनि समझदारीमा समस्या समाधान गर्न सक्ने समय रहेको छ। 

 

शुभ रंग/अङ्क
मकर राशिको लागि यो वर्ष हरियो, खरानी तथा सेतो रङ्ग शुभ रहन सक्छ। 
त्यस्तै शुभ अङ्कहरु  १, २, ६, ८ रहेका छन्। 

 

उपाय
मकर राशिका व्यक्तिहरुले बृहस्पति तथा शनिको ग्रह शान्ति पुजा गर्दा राम्रो हुन्छ। बिहिबारको दिन पहेंलो कपडा दान गर्दा, विष्णु भगवानको दर्शन तथा पुजा गर्दा र शनिबार शनिदेवको दर्शन गर्दा पनि कल्याण हुन सक्छ।

  • Mero Jyotish

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish