सिंह राशिको २०८० सालको वार्षिक राशिफल

सिंह राशि
सिंह राशिको लागि २०८० साल शुभ समय रहेको छ । वर्षभरि बृहस्पति ग्रहको गोचर नवम रहने र केतु ग्रहको गोचर असोजसम्म तेश्रो स्थानमा शुभ फलदायी रहनाले कार्य सिद्धि हुनेछ। आर्थिक र भौतिक सुख प्राप्त हुन सक्छ । भूमिको लाभ हुनुका साथै नयाँ सवारीसाधन किन्न सक्ने समय छ। धार्मिक तीर्थस्थलहरूको भ्रमण हुनेछ । नोकरी तथा सामाजिक क्षेत्रबाट मानसम्मान मिल्नेछ ।

 

स्वास्थ्य
बृहस्पतिको नवम गोचर शुभदायी रहनाले स्वास्थ्य स्थिति समग्रमा यो वर्ष राम्रो नै रहनेछ। शनिको सप्तम गोचरका कारणले बेलाबेलामा टाउको दुख्ने, नशा सुन्निने तथा छाती दुख्ने आदि हुन सक्ने सम्भावना रहेकाले स्वास्थ्य ध्यान दिनुपर्छ। 

 

व्यापार/व्यवसाय/आर्थिक
बृहस्पति ग्रहको गोचर नवम गोचरका प्रभावले यो वर्ष घरजग्गा, पर्यटन, शैक्षिक सामाग्री, फेशन, डिजायन, कृषि आदिको व्यापार व्यवसाय  संचालन गर्ने व्यक्तिले विशेष फाइदा लिन सक्ने समय छ। कानुनी तथा राजनीतिक क्षेत्रमा लागेका व्यक्तिहरुले पनि यो वर्ष प्रगति गर्न सक्छन्। निर्माण सम्बन्धि व्यवसाय, साझेदारी काममा भने यो वर्ष सामान्य नै रहन सक्छ। शेयर कारोबारबाट मध्यम लाभ लिन सक्ने समय छ। आयआर्जनको क्षेत्र यो वर्ष राम्रो रहन सक्छ। आर्थिक दृष्टिले जेठ, असार, कार्तिक र माघ महिना शुभ रहेका छन् ।

 

पेशा/रोजगार
काममा प्रतिष्पर्धी आफु भन्दा बलियो रहने स्थिति वर्षको सुरुको समयमा रहेपनि वर्षको मध्यतिर बाट आफु काममा बलियो हुन सक्ने र पद प्रतिष्ठा तथा सम्मान हासिल गर्न सक्ने समय छ। सरकारी जागिर, कानुनी क्षेत्र, कूटनीतिक नियोग आदि आदिमा काम गर्नेहरुले यो वर्ष राम्रो प्रगति गर्ने छ।

प्रेम सम्बन्ध
राहुको नवम र अष्टम गोचर तथा शनिको सप्तम गोचरका कारण पारिवारिक समस्या हुन सक्ने तथा वैवाहिक जीवनमा विश्वासको सङ्कट देखा पर्न सक्ने भएकाले विचार गर्नुपर्ने समय छ। प्रेम जीवनमा प्रेमी प्रेमिकाबीच अन्य कुनै तेश्रो व्यक्तिको कारण असमझदारी आउँन सक्ने भएकाले ध्यान दिनुपर्छ। 

 

शुभ रंग/अङ्क
सिंह राशिको लागि यो वर्ष खैरो, गुलाबी, रातो तथा पहेंलो रङ्ग शुभ रहन सक्छ। 
त्यस्तै अङ्कहरु  १, ३, ५, ९ शुभ रहेका छन्। 

 

उपाय
सिंह राशिका व्यक्तिहरुले शनिबार सात्विक भोजन गर्ने, हनुमानजी तथा भैरवजीको दर्शन गर्ने गर्दा पनि शनि राहुको गोचरजन्य अशुभ फल कम हुन सक्छ।

 

  • Astrologer Amrit Adhikari

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish