मिथुन राशिको २०८० सालको वार्षिक राशिफल

मिथुन राशि
मिथुन राशिको लागि २०८० साल शुभ समय रहन सक्छ। रोकिएका कामहरु सम्पादन हुने, पदप्रतिष्ठा बढ्ने, व्यवसाय विस्तार हुने, स्वास्थ्य राम्रो रहने, आयआर्जन तथा धनको संग्रह बढ्ने, प्रेम तथा पारिवारिक जीवन राम्रो रहने समय छ।

 

स्वास्थ्य
बृहस्पति ग्रहको एकादश गोचरको शुभ प्रभावले समग्रमा यो वर्ष स्वास्थ्य राम्रो रहन सक्छ तर शनि ग्रहको नवौँ गोचरले गर्दा खुट्टा झमझमाउने तथा छाती सम्बन्धि सामान्य समस्या आउन सक्छ। 

 

व्यापार/व्यवसाय/आर्थिक
व्यापार व्यवसायका दृष्टिले यो वर्ष राम्रो देखिन्छ। बृहस्पति ग्रहको शुभ गोचरका कारण शैक्षिक तथा सामाजिक क्षेत्रका व्यवसायले यो वर्ष राम्रो राम्रो आम्दानी गर्न सक्छन्। वित्तीय क्षेत्रका व्यक्तिहरुले पनि राम्रो नाफा आर्जन गर्न सक्ने समय छ। सवारीसाधन, खाद्यान्न आदिको व्यवसाय भने सामान्य नै रहन सक्छ। कृषि क्षेत्र पनि यो वर्ष राम्रो रहेको छ। वैशाख, भदौ, मङ्सिर र चैत महिनामा आर्थिक प्रगति हुने महिना रहेका छन् ।

 

पेशा/रोजगार
शैक्षिक तथा सामाजिक संस्था, धार्मिक क्षेत्र आदिका व्यक्तिहरुले यो वर्ष आर्थिक उन्नति गर्ने तथा सामाजिक मानसम्मान प्राप्त गर्न सक्ने समय छ। 

प्रेम सम्बन्ध
यो वर्ष प्रेम जीवन राम्रो रहन सक्छ। विवाहको समय भएका व्यक्तिहरुको विवाह हुन सक्छ। सन्तान प्राप्त गर्न चाहने दम्पतिहरुले यो वर्ष सन्तान प्राप्त गर्न सक्छन्। माता पिता सँगको सम्बन्ध पनि राम्रो रहन सक्छ। सन्तानबाट खुसी मिल्न सक्छ। दाजुभाईसँग सामान्य विवाद हुन सक्ने रहेपनि सम्बन्ध राम्रो रहन सक्ने छ। 

 

शुभ रंग/अङ्क
मिथुन राशिको लागि यो वर्ष हरियो, सेतो, गुलाबी र रातो रङ्ग शुभ रहन सक्छ। 
त्यस्तै अङ्कहरु  १, ३, ६, ९ रहेका छन्। 

 

उपाय
मिथुन राशिका व्यक्तिहरुले शनिबारको दिन विहान पीपलमा जल चढाउँदा, हनुमानजी तथा भैरवजीको स्मरण गर्दा राम्रो हुन्छ। शनि तथा केतुको ग्रहशान्ति गर्दा शुभ हुन्छ।

 

  • Astrologer Amrit Adhikari

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish