मेष राशिको २०८० सालको वार्षिक राशिफल

मेष राशि
मेष राशिको लागि २०८० साल मध्यम रहन सक्छ। सवारीसाधन, जग्गाजमिन, रोजगारी, वैदेशिक क्षेत्रबाट राम्रो आम्दानी गर्न सक्ने योग छ।  स्वास्थ्य भने सामान्य रहन सक्छ। वर्षको पूर्वार्धको समयमा स्वास्थ्य कमजोर रहन सक्छ भने वर्षको उत्तरार्धमा स्वास्थ्यमा सुधार आउनेछ। अध्ययन अध्यापनको क्षेत्रको यो वर्ष सामान्य रहन सक्छ। प्रेम तथा पारिवारिक जीवनमा वर्षको पुर्वार्धमा केहि असमझदारी रहेपनि वर्षको उत्तरार्धमा सुधार आउन सक्छ र परिवारमा मांगलिक कार्यहरु हुन सक्छन्। 

 

स्वास्थ्य
बृहस्पति ग्रहको प्रथम गोचर र राहु ग्रहको पनि असोजसम्म प्रथम गोचरमा रहने र केतु ग्रह सप्तम गोचरमा रहने भएकाले यो समयमा टाउको दुख्ने, शरीरमा कमजोरी देखा पर्ने, आलस्यता हुने, रिस धेरै उठ्ने हुन सक्ने रहेकाले स्वास्थ्यमा विशेष ध्यान दिंदा राम्रो हुन्छ। कार्तिकबाट केतु ग्रहको गोचर छैटौँ स्थानमा हुने भएकाले शारीरिक कमजोरी हट्ने तथा शरीर फुर्तिलो हुने योग छ। तर चोटपटकको भय भने रहन्छ।

 

व्यापार/व्यवसाय/आर्थिक
शनि ग्रहको एकादश स्थानको गोचरको प्रभावले निर्माण सामग्रीको उद्योग, फलाम सम्बन्धि विभिन्न व्यवसायहरु, सवारीसाधनको खरिदविक्रि सम्बन्धि व्यवसाय, लत्ताकपडाको उद्योग तथा व्यापार, कृषि तथा पशुपालन व्यवसायको यो वर्ष राम्रो रहन सक्छ। फेशन डिजायन तथा सुन्दरता सम्बन्धि व्यवसाय भने यो वर्ष सामान्य रहन सक्छ। शनि ग्रहको एकादश गोचरले गर्दा यो वर्ष आयआर्जन बढ्न सक्ने र दिर्घकालीन लगानी हुन सक्ने समय छ। शेयर बजारबाट सामान्य लाभ को अपेक्षा गर्न सकिन्छ। असार, असोज, माघ र फागुन महिना आर्थिक क्षेत्रका लागि शुभ रहेका छन्। 

 

पेशा/रोजगार
वैदेशिक तथा प्रशासनिक क्षेत्रमा काम गर्नेहरुले यो वर्ष राम्रो प्रगति तथा सफलता प्राप्त गर्न सक्ने योग छ। पेशाको सिलसिलामा स्थान परिवर्तन हुने तथा थप जिम्मेवारी वहन गर्नुपर्ने समय छ। कामबाट अपजसको सामना गर्नुपर्ने हुन सक्छ।

 

प्रेम सम्बन्ध
 केतु ग्रहको सप्तम गोचरले असोजसम्मको समय प्रेम तथा वैवाहिक जीवनमा असमझदारी र विवाद आउन सक्ने समय रहेकाले ध्यान दिनुपर्ने समय छ। अन्य पारिवारिक सम्बन्धहरु यो समयमा सामान्य देखिन्छ। कार्तिकबाट केतुको गोचर परिवर्तन हुनाले प्रेम तथा वैवाहिक जीवनमा रहेको समस्या हट्ने र सम्बन्ध सुधार हुन सक्ने समय रहेको छ। 

 

शुभ रंग/अङ्क
मेष राशिको लागि यो वर्ष सेतो, खैरो, पर्पल र पहेलो रङ्ग शुभ रहन सक्छ। 
त्यस्तै १, ३, ७, ९ अङ्क शुभ रहेका छन्। 

 

उपाय
तपाईंले बृहस्पति र राहुको अशुभ गोचरफलको निवारणको लागि जप/पाठ तथा ग्रहशान्ति पुजा गर्न सक्नुहुन्छ। तपाईंले बिहिबारको दिन भगवान बिष्णुको पुजापाठ तथा दर्शन गरेर पनि गोचरको बृहस्पतिको अशुभ प्रभाव कम गर्न सक्नुहुन्छ।

 

 

 

 
  • Astrologer Amrit Adhikari

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish