हाम्रो वैदिक ज्योतिष शास्त्रमा हरेक कर्मको शुभाशुभ दिनहरुको बारेमा वर्णन गरिएको छ। नयाँ कपडा पहिलोपटक लगाउनको लागि पनि शुभ दिनहरुको बारेमा उल्लेख प्राप्त रहेको छ। आज हामी कुन दिन नूतन वस्त्र अर्थात् नयाँ कपडा लगाउँदा कस्तो फल प्राप्त हुन्छ, यसबारे चर्चा गर्नेछौँ।
आइतबार
आइतबार नयाँ कपडा लगाउँदा कपडा छिटो जीर्ण हुन्छ अर्थात् पुरानो हुन्छ।
सोमबार
सोमबार नयाँ कपडा लगाउँदा पानीमा भिजेर छिटै पुरानो हुन्छ।
मङ्गलबार
मङ्गलबार नयाँ कपडा लगाउँदा शोकप्रद सक्छ।
बुधबार
बुधबार नयाँ कपडा लगाउँदा धनको प्राप्ति हुन्छ।
बिहिबार
बिहिबार नयाँ कपडा लगाउँदा ज्ञानको प्राप्ति हुन्छ।
शुक्रबार
शुक्रबार नयाँ कपडा लगाउँदा मित्र प्राप्ति हुन्छ।
शनिबार
शनिबार नयाँ कपडा लगाउँदा कपडा छिटो मलिन अर्थात् मैलो हुन्छ।
यस सम्बन्धमा ज्योतिषसार नामक ग्रन्थको श्लोक प्रस्तुत गरिएको छ-
जीर्ण रवौ सततमम्बुभिरार्द्रमिन्दौ भौमे शुचे बुधदिने च भवेद्धनाय ॥
ज्ञानाय मंत्रिणि भृगौ प्रियसंगमाय मन्दे मलाय च नवाम्बरधारणं स्यात् ॥