हाम्रो शास्त्रमा हरेक कर्मको शुभाशुभ मुहूर्तको बारेमा वर्णन गरिएको छ। कुनै कर्मको लागि पञ्चाङ्ग तथा लग्नको विचार गर्नुपर्छ भने कुनै कर्मको लागि पञ्चाङ्गको मात्र विचार गर्नुपर्ने हुन्छ। कति कर्मको लागि बारको विचार गर्नुपर्ने हुन्छ। ज्योतिष शास्त्रमा शरीरमा तेल लगाउनको लागि पनि शुभाशुभ दिनहरुको निर्धारण गरिएको छ। शुभ दिनमा शरीरमा तेल लगाउँदा आयु आरोग्य बढ्ने र अशुभ दिनमा रोग वृद्धि हुने शास्त्रमा बताइएको छ। आज हामी कुन दिन शरीरमा तेल लगाउनको लागि उत्तम छ र कुन दिन राम्रो छैन, त्यसको बारेमा चर्चा गर्नेछौँ।
आइतबार
आइतबार शरीरमा तेल लगाउनाले सन्ताप तथा रोग बढ्दछ।
सोमबार
सोमबार शरीरमा तेल लगाउनाले उर्जा तथा कान्ति बढ्दछ।
मङ्गलबार
मङ्गलबार शरीरमा तेल लगाउनाले मृत्युतुल्य कष्ट हुन सक्छ।
बुधबार
बुधबार शरीरमा तेल लगाउनाले धनको प्राप्ति हुन्छ।
बिहिबार
बिहिबार शरीरमा तेल लगाउनाले धनको नाश हुन्छ।
शुक्रबार
शुक्रबार शरीरमा तेल लगाउनाले विपत्ति प्राप्त हुन्छ।
शनिबार
शनिबार शरीरमा तेल लगाउनाले सम्पत्ति प्राप्त हुन्छ।
यस सम्बन्धमा ज्योतिषसार नामक ग्रन्थको श्लोक प्रस्तुत गरिएको छ-
दोष निवारण विधि:
आइतबार फुल, बिहिबार दुबो, मङ्गलबार माटो र शुक्रबार गोबर तेलमा मिसाएर लगाएमा दोष हुन्छ ।
यस सम्बन्धमा श्लोक प्रस्तुत गरिएको छ-
रवौ पुष्पं गुरौ दूर्वा मृत्तिकां कुजवासरे।
भार्गवे गोमयं दत्त्वां तैलदोषस्य शान्तये ॥