जन्म राशि
विवाह, व्रतबन्ध, यात्रा, क्षौर कर्म (कपाल मुण्डन ), मङ्गल कार्य (पुजा पाठ ), गोचर ( वर्तमान ग्रहस्थिति अनुसार शुभाशुभ फल ) आदिमा जन्म राशिको आवश्यकता पर्दछ।
नाम राशि
देश, गाउँ, युद्ध, काम, व्यवहार, लाभ-हानी, व्यापार, प्रशासनिक काम आदिमा प्रचलित नाम प्रयोग हुन्छ।
जस्तै: यदि तपाईले आफ्नो व्यवसायको नाम राख्न चाहनुहुन्छ र तपाईको जन्म राशि अनुसार स बाट नाम आउछ र तपाईको बोलाउने नाम अ बाट आउछ भने तपाईले आफ्नो अ बाट आउने नाम अनुसारको राशिलाई प्रधान मानेर त्यो अनुसार तपाईलाई कुन वर्ण ठिक छ त्यो अनुसार नाम राख्न सक्नुहुन्छ।