ब्रह्माण्डमा स्थित ग्रहहरुले हाम्रो जीवनमा कसरी प्रत्यक्ष प्रभाव पार्छन् ?

आजको विज्ञानको युगमा धेरै मानिसहरू ज्योतिष र कुण्डली जस्ता विषयहरूलाई अन्धविश्वासी र रूढीवादी कुरा मान्दछन्, यसको कारण धेरै सामान्य छ। धेरै व्यक्तिको लागि सूचनाको स्रोत भनेको चलचित्र र आजको समयमा बनेको सस्तो साहित्य हो, यस बाहेक धेरैजसो ज्योतिषीहरूले पनि ज्योतिषको दुरुपयोग गरेका छन्, तर धेरै कम मानिसहरू ज्योतिषको बारेमा पूर्ण र सही जानकारी दिन सक्षम छन्।

यसले कसरी कार्य गर्दछ भनेर बुझ्ने कोशिश गरौं। 

तपाईं पृथ्वीमा रहनु भएकोले गुरुत्वाकर्षणको शक्ति महसुस गर्नुहुन्छ, जसले तपाईलाई पृथ्वीको साथ जोडेर राख्छ, त्यस्तै गरी सूर्यमण्डलमा उपस्थित सबै ग्रहहरुले पनि तपाईं माथि गुरुत्वाकर्षण बल राख्छन् र तपाईं कुनै न कुनै कुराबाट  ती ग्रहहरुसँग जोडिएको हुनुहुन्छ। पृथ्वी र सबै ग्रहहरू सूर्यको परिक्रमा गरिरहेका हुन्छन्, त्यसैले तिनीहरू बीचको दूरी सँधै परिवर्तन हुन्छ। 

तपाईंलाई यो कुरा थाहा नै होला कि सूर्यको परिक्रमा सबै ग्रहहरुले फरक फरक समयमा पूरा गर्दछन्, यस बाहेक सूर्यबाट सबै ग्रहहरूको दूरी पनि फरक-फरक छ। गुरुत्वाकर्षणको बल दूरीको साथ कमजोर हुन्छ। तर ताराहरू र ग्रहहरू जस्ता विशाल वस्तुहरूको  गुरुत्वाकर्षण पहुँच धेरै ठूलो छ।


अब तपाइँ बुझ्नुहोस् कि कसरी तपाइँ ग्रहको शक्तिबाट प्रभावित हुनुहुन्छ। जुन बेला तपाईंको जन्म भएको थियो, त्यो समय ब्रह्माण्डमा उपस्थित सबै ग्रहहरू एक निश्चित स्थानमा थिए, त्यहि ग्रहहरुको स्थिति अनुसार तपाईको कुण्डली बनेको हुन्छ र तपाईंको कुण्डलीमा पनि ग्रहहरु त्यो समय कुन स्थान वा कुन राशिमा थिए भनेर देखाइएको हुन्छ। 

यस कुण्डली मार्फत, यो वर्णन गर्न सकिन्छ कि तपाईंको जन्मको समयमा कुन ग्रहको प्रभाव तपाईंको जीवनमा कति र कस्तो थियो। अब त्यहि कुण्डलीको ग्रहस्थितिलाई हेरेर योग्य ज्योतिषीले तपाईंलाई तपाईंको जीवनसँग सम्बन्धित महत्त्वपूर्ण पक्षहरूको बारेमा जानकारी दिन सक्छ। ग्रहहरुको स्थिति परिवर्तन भैरहने भएकोले तपाईंको जीवनमा पनि ग्रहहरुको प्रभावमा परिवर्तन भैरहन्छ। भविष्यमा पनि ब्रह्माण्डमा ग्रहहरूको स्थिति परिवर्तन हुने भएकाले तपाईंको जीवनमा पनि परिवर्तनको सम्भावना हुन सक्छ।

  • Astrologer Amrit Adhikari

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish