वि. सं. २०८२ सालमा साँढेसाती र अढैया शनिको प्रभाव रहने राशिहरु

वि. सं. २०८२ सालमा शनिदेव वर्षभरि नै मीन राशिमा रहनाले निम्न राशिका व्यक्तिहरूलाई निम्न अनुसार अढैया र साँढेसाती शनिदशाको प्रभाव रहनेछ ।

१. कुम्भ राशि
वर्षभरि अन्त्य साढेसाति दशा

२. मीन राशि
वर्षभरि मध्य साढेसाति दशा

३. मेष राशि
वर्षभरि आद्य साढेसाति दशा

४. सिंह र धनु राशि
वर्षभरि अढैया शनिदशा

शनिफल
भूट्टा आरोपहरू लाग्ने, शरीरमा आलस्य पैदा हुने, मानसिक चिन्ता बढ्ने, काममा ढिलासुस्ती हुने, मान-सम्मानमा आघात पर्ने, चोटपटकको भय हुने र सञ्चित धनको नाश गराउनेजस्ता फलहरू साँढेसाती र अढैया शनि पर्ने व्यक्तिलाई हुनेछन् ।

अढैया या साँढेसाती शनि भए पनि आफ्‌नो जन्मलग्नकुण्डलीमा स्वगृही, मित्रगृही, उच्च राशि र ३, ६. ११ स्थानमा शनि भएका व्यक्तिहरूलाई शनिको नकारात्मक फल लाग्ने छैन। यस्ता व्यक्तिको लागि शनिदेवले शुभ फल दिनेछन्।

साढेसाती तथा अढैया हामीले सोचे जस्तो आफैंमा खराब हुँदैन । तर पनि ज्योतिषीय मान्यतामा शनि पाप र दुःखदायी ग्रह भएकाले यसको प्रभाव मानिसको जीवनमा नकारात्मक नै हुन्छ । बढी खर्च हुने, काम ढिला हुने, मानसिक अशान्ति, र वाहनबाट दुःख हुने शनिका मुख्य प्रभावहरु हुन् । यसको राम्रो र खराब पक्ष थाहा पाउन ज्योतिषीसँग परामर्श लिनुपर्छ ।

यदि जन्म समयमा शनि खराब रहेछ भने पनि त्यसको प्रतिकूल प्रभावबाट बच्ने वा न्यूनीकरण गर्ने उपायहरु शास्त्रले बताएको छ । यदि खराब साढेसाती वा अढैया छ भने त्यस्तो अवस्थामा केही उपाय गरेर प्रतिकूल प्रभावबाट बच्न सकिन्छ । यसको मतलव यी कुराहरु ज्योतिषशास्त्रमा विश्वास गर्ने जोकोहीले मान्नुपर्ने कुरा हुन् । ती उपायहरु वैदिक वा तान्त्रिक मन्त्रोपचार विधि, यन्त्र विधि, रत्न धारण विधि वा अरु पूजापाठका उपचार विधि हुन सक्छन् । मन्त्रोपचार विधिमा निश्चित समयमा मन्त्र जप गर्ने र गराउने तथा दान धर्मका कुरा आउँछन् भने यन्त्र र रत्नचाहिँ धारण गर्नुपर्छ । शनिको रत्न नीलम हो ।  यी उपायहरु ज्योतिषीको परामर्श अनुसार गर्नुपर्छ ।

अनिष्ट फलबाट बँच्नको लागि देवीपूजा, शनिमुद्रिका धारण, शनिस्तोत्रपाठ, पीपलमा जल चढ़ाउने र रत्नंको प्रयोगका साथै अन्य उपायहरू ज्योतिषीको सल्लाह अनुसार गर्नुपर्नेछ।

  • Astrologer Amrit Adhikari

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish