परिभाषा:
१. केन्द्रमा शुभ ग्रह विद्यमान छ, छैटौँ तथा आठौँ स्थान खाली छ वा शुभ ग्रहले युक्त छ भने यसरी बन्ने योग पर्वत योग हुन्छ ।
२. लग्नेश र व्ययेश यदि परस्पर केन्द्रमा रहेका छन् र दुवै मित्र ग्रहबाट दृष्ट छन् भने पनि पर्वत योग बन्दछ।
फल-
पर्वत योगमा जन्म लिने व्यक्ति आफ्नो उच्च भाग्यको स्वयं निर्माता हुन्छ र जीवनमा उसलाई सदैव भाग्यले साथ दिन्छ। विद्याको क्षेत्रमा जातकले राम्रो प्रगति गर्दछ। गरीब, पीडित तथा अनाथको सहयोग गर्ने कार्यमा तत्पर रहन्छ ।
तर यस्तो व्यक्ति भोगी हुन्छ र उसको जीवनमा विभिन्न प्रेमी प्रेमिकाहरु आउँछन्। उसको ख्याति सर्वत्र हुन्छ र गाउँ तथा नगरको अध्यक्ष हुन्छ ।