परिभाषा:
१. चन्द्रमा जुन राशिमा बसेको छ, त्यस राशिबाट दशम स्थानमा यदि शुभ ग्रह बसेको छ भनेअमला योग हुन्छ ।
२. यदि लग्नबाट दशम स्थानमा शुभ ग्रह छ भने पनि अमला योग मानिन्छ।
फल-
जुन जातकको कुण्डलीमा अमला योग हुन्छ, त्यो जातक प्रसिद्ध, गुणवान तथा ख्याति प्राप्त गर्ने हुन्छ। यस्तो व्यक्तिले सुखी जीवन व्यतित गर्दछ र सम्पूर्ण सुखको भोग गर्दछ। यस्तो व्यक्ति चरित्रवान एवं सज्जन हुन्छ।
चन्द्रमाबाट जस्तै यदि कुनै जातकको कुण्डलीमा लग्न स्थानबाट दशम स्थानमा शुभ ग्रह छ भने पनि अमला योग हुन्छ।
दशम स्थानमा जुन ग्रह स्थित छ, त्यस ग्रहको दशामा जातकलाई विशेष धन प्राप्त हुन्छ। व्यापारी छ भने त्यसको व्यापार फैलिन्छ, राजकीय सेवामा छ भने उच्च पद प्राप्त गर्दछ। यस्तो प्रकारले धन र ख्याति दुवै एक साथ प्राप्त गर्दछ ।