वि. सं. २०८१ सालको स‌ङ्क्रान्ति अनुसार मासफल

वि. सं. २०८१ सालको मासफल

सङ्क्रान्तिको वार सूर्य ग्रहले राशि परिवर्तन गरेको दिनको आधारमा फल प्रस्तुत गरिएको छ। 

वैशाख
वैशाख महिनामा शनिबार सङ्क्रान्ति परेको छ । अशुभ फलदायी सङ्क्रान्तिको बारका कारण उत्पादित सबै वस्तुहरूको नोक्सानी बढ्‌नेछ । धान्यादि वस्तुहरू महँगा हुनेछन् । विभिन्न रोगहरूका कारण जनता दुःखी बन्नेछन् । पश्चिमी क्षेत्रमा अशान्ति बढ्‌नेछ । राजनैतिक क्षेत्रमा उतारचढावको स्थिति देखा पर्नेछ । तापमान बढ्‌नाले जनजीवन कष्टदायी रहनेछ । पशुचौपायामा रोगका कारण हानि पुग्नेछ । आँधीहुरी र अग्निभय बढ्‌नेछ । आँधीहुरी सहितको वर्षाले कतैकतै क्षति पुग्नेछ ।
 
जेठ
मङ्गलबार स‌ङ्क्रान्ति परेकोले खाद्यान्न महँगो हुनेछ । चोरी, डकैती झैझगडा बढ्नेछ । राता वस्तुहरूको मूल्य बढ्‌नेछ। अग्निभय हुनेछ । घ्यू, तेल २ दुधजस्ता तरल पदार्थको मूल्य बढ्‌नेछ । निर्माण सामग्रीको मूल्य बढ्नेछ । शेयर बजारमा उतारचढावका बीच मन्दी आउनेछ । विलासिताका वस्तुका मूल्य बढ्‌नेछ । प्राकृतिक प्रकोपका सम्भावना बढेको छ । पश्चिमी भागमा उपभोग्य वस्तुहरूको अभाव देखा पर्नेछ । कतैकतै जनसङ्घर्षको स्थिति देखा पर्नेछ । गर्मी र लू चल्नाले दक्षिण-पश्चिम भागमा जनजीवन कष्टदायी रहनेछ ।
 
असार
सङ्क्रान्ति शनिबार परेकोले महामारी रोगहरू देखा पर्नेछन् । उत्पादित वस्तुहरूको नोक्सानी बढ्‌नेछ । कृषिजन्य वस्तुको मूल्य बढ्‌नेछ । यो महिनामा विश्वघस्रपक्ष परेको छ । "त्रयोदश दिने पक्षे तदा संहरते जगत्", "पक्षे विनष्टे सकल विनष्ट" आदि शास्त्र वचनानुसार प्राकृतिक प्रकोप, विनाश, महामारी रोगको भयावह स्थितिसमेत देखा पर्न सक्नेछ। पहाडी भूभागमा प्राकृतिक प्रकोपका कारण जनजीवन अस्तव्यस्त रहने सम्भावना बढेको छ। शेयर बजारमा चहलपहल बढ्नेछ । ८ देखि ११, २२ देखि २५, ३० र ३१ गतेसम्म मेघबादल वर्षा योग रहेको छ ।
 
साउन
मङ्गलबार सङ्क्रान्ति परेकोले खाद्यान्नको मूल्य बढ्‌नेछ । निर्माण सामग्री र राता पदार्थको मूल्य बढ्‌नेछ । साम्प्रदायिक तनाव कतैकतै देखा पर्नेछ । चोरी, डकैती, अग्निभयजस्ता घटनाहरू बढ्‌नेछन् । घ्यू, तेल आदि रसादि वस्तुको मूल्य स्थिर रहनेछ । शेयर बजारमा उतारचढाव आउनेछ । प्राकृतिक प्रकोप, बाढी, पहिरोजस्ता घटनाले कतैकतै धनजनको क्षति हुनेछ । ५ देखि ७, १४, १५, १९ देखि २२, २९ र ३० गते मेघबादल वर्षा योग रहेको छ ।
 
भदौ
स‌ङ्क्रान्ति शनिबार परेकोले वर्षाका कारण बालिनालीमा असर पर्नेछ ।महामारी रोगहरू देखा पर्नेछन् । रोगका कारण पशुव्यवसायमा हानी पुग्नेछ ।पश्चिमी भूभाग अशान्त रहनेछ । राजनैतिक क्षेत्रमा विश्वासको सङ्कट देखापर्नेछ । खाद्यान्नको मूल्य सामान्य रहनेछ । फलफूल तथा तरकारीको मूल्य अत्यधिक वृद्धि हुनेछ । कतैकतै अधिक वर्षाले भूक्षयका साथै जनधनको नोक्सानी हुनेछ । शासक विरुद्ध जन आक्रोस बढ्‌नेछ । १ देखि ३, १० देखि १४, १६, १७, २० देखि २५ र २९ देखि ३१ गते मेघबादल वर्षा योग छ ।
 
असोज
म‌ङ्गलबार संक्रान्ति परेकोले कतैकतै साम्प्रदायिक तनावहरू देखापर्नेछन् । निर्माण साम्रगीहरू, खाद्यान्न, सखर आदि राता पदार्थको मूल्य बढ्ने, दुग्धजन्य पदार्थको मूल्य सामान्य रहने छ । चोरी डकैति, दुर्घटना आदि अप्रिय घटना बढ्‌नेछ । शेयर बजारमा मन्दी आउनेछ । खण्डवृष्टि र अतिवृष्टिले मासारम्भमा कतैकतै बालीनालीमा नोक्सानी बढ्नेछ । राजनैतिक क्षेत्रमा एक आपसमा विश्वासको सङ्कट देखापर्नेछ । १, २, ६ देखि ८ र १३ गते मेघबादल वर्षा योग रहेको छ ।
 
कात्तिक
विहिबार सङ्क्रान्ति परेकोले जनताहरू सुखी रहने छन् । उत्पादन बढ्नुका साथै खाद्यान्नको मूल्य घट्ने छ । दूधको उत्पादन बढ्‌नेछ । गुरु, बाह्मण, योगीहरूको भक्ति बढ्नेछ । पश्चिमी पहाडी भूभागमा प्राकृतिक प्रकोपले जनजीवनलाई प्रभाव पार्नेछ । शेयर बजारमा उतार-चढाव भैरहनेछ । खाद्यान्न बाहेक अन्य उपभोग्य वस्तुहरूको मूल्य सामान्य रहने छ । पहेँला रङका वस्तुहरूको मूल्य बढ्नेछ । इन्धनको मूल्य बढ्ने, मौसमजन्य रुघाखोकी, ज्वरो रोगले जनजीवन कष्टकर बनाउनेछ । ३, ४ देखि १० गतेसम्म मेघबादल वर्षा योग रहेको छ ।
 
म‌ङ्सिर
सङ्क्रान्ति शनिबार परेकोले उत्पादित वस्तुहरू हानिनोक्सानी हुनेछ । विभिन्न रोगले जनजीवन कष्टदायी रहनेछ । धान्यादि वस्तुहरूको मूल्य घट्नेछ । पश्चिमी क्षेत्रमा अशान्ति बढ्नेछ । पशुचौपायामा रोगका कारण हानि पुग्नेछ । साग आदि तरकारी र फलफूलको मूल्य घट्नेछ । प्राकृतिक प्रकोपले कतैकतै विनाश गुराउने छ । मौसमी सर्दीजन्य रोगले जनजीवन कष्टदायी रहनेछ । उत्तरी भूभागमा हिमपात र वर्षाको सम्भावना रहेको छ।
 
पुस
सोमबार सङ्क्रान्ति परेकोले दक्षिण दिशाबाट हावा बहनेछ । धान्यादि वस्तुको मूल्य र अन्य खाद्यान्नको मूल्य समेत घट्नेछ । घ्यू, तेल आदि रसादि वस्तुको मूल्य बढ्नेछ । व्यापारीले राम्रो नाफा कमाउने छन् । शेयर बजारमा चहलपहल बढ्‌नेछ । सीमा विवादबारे राज्य स्तरमा छलफल बढ्‌नेछ । उत्तरी भेगमा हिमपात हुनेछ । दक्षिणी भेगमा पश्चिमी वायुको प्रभावले कतै शीतलहर र कतै वर्षाले जनजीवन प्रभावित बनाउने छ । रुघाखोकी, ज्वरो आदि सर्दीजन्य रोगले जनजीवनमा कष्ट पुऱ्याउने छ ।
 
माघ
मङ्गलबार सङ्क्रान्ति परेकोले कतैकतै साम्प्रदायिक तनावहरू देखा पर्नेछन् । अग्निभय, डकैति, चोरीका घटनाहरू र वाहन, यान दुर्घटना बढ्नेछ । राता पदार्थ र निर्माण सामग्रीको मूल्य बढ्‌नेछ । शेयर कारोबारमा केही उतार-चढाव आएपनि सन्तोषजनक रहने छ । प्राकृतिक प्रकोपजस्ता घटनाहरू हुनेछन् । खाद्यान्नको मूल्य बढ्नेछ । पश्चिमी वायुको प्रभावले उत्तरी भूभागमा हीमपात र अन्य भूभागमा सामान्य वर्षा हुनेछ । मौसमी रुघाखोकीजस्ता रोगले जनजीवनलाई असर पुऱ्याउनेछ ।
 
फागुन
बुधबार कुम्भ राशि सूर्य प्रवेशले सुर्तिजन्य वस्तुको मूल्य बढ्नेछ । घ्यू, तेल आदि रसादि वस्तुको मूल्य बढ्नेछ । चतुर्मासमा वर्षा कम हुनेछ । जनताहरू भयभित रहनेछन् । कतैकतै जनसङ्घर्षजस्ता घटना देखिने छन् । शेयर बजारमा वृद्धि हुनेछ । उत्तरी भूभागमा चिसोका कारण सर्दिजन्य रोगहरू बढ्ने छ । मसान्ततिर पश्चिमी वायुको प्रभाव, हावाहुरीले जनधनको नास गराउने छ । कतैकतै महामारी रोगहरू देखिने छ ।
 
चैत
स‌ङ्क्रान्ति शुक्रबार परेकोले जनताले सुखको अनुभव गर्नेछन् । सुन, चाँदी, तामा आदि धातु र हाती, घोडा, भैंसीजस्ता पशुहरूको मूल्य बढ्नेछ । खाद्यान्न, फलफूल र तरकारीको मूल्य बढ्नेछ । दक्षिण पश्चिम भागमा कतैकतै महामारी रोगको प्रभाव रहने छ । अग्निकाण्ड, आँधीहुरी सहितको वर्षाले जनजीवनमा असुर पर्नेछ । शेयर बजार सन्तोषजनक रहने छ । राजनैतिक र प्रशासनिक क्षेत्रमा विवादले स्थान पाउनेछ ।
 
 
  • Astrologer Amrit Adhikari

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish