शनि ग्रहको स्वरुप-
शनि ग्रह लंगडो छ र यसको आखाँ पिंगल छ। यसको शरीर अग्लो तर पातलो र धेरै नशा भएको छ। स्वभावले अल्छि र कालो वर्णको छ। यसको वात प्रकृति रहेको छ। यो स्वभावले अत्यन्त कठोर र कुरौटे, मुर्ख छ भने यसको दाँत र नङ्ग ठुलो छ। यसको शरीरको अङ्ग र कपाल कठोर छ र यो अशुद्ध र क्रोधी स्वभावको रहेको छ। शनि ग्रह कालो वस्त्र धारण गर्नेवाला र वृद्ध अवस्थाको रहेको छ। शनि ग्रह तामसी गुणले युक्त रहेको छ।
पङ्गुर्निम्नविलोचन: कृशतनुर्दीर्घ: सिरालोSलस:
कृष्णाङ्ग: पवनात्मकोSतिपिशुन: स्नाय्वात्मको निर्घुण:।
मूर्ख: स्थूलनखद्विज: परुषरोमाङ्गोSशु चिस्तामसो
रौद्र: क्रोधपरो जरापरिणत: कृष्णाम्बरी भास्करि: ।।
शनि ग्रहसँग सम्बन्धित वा शनि ग्रहको कारक विषयहरु-
आयु, मृत्यु, डर, सम्मानबाट पतन, दुख, अपमान, बिमारी, दरिद्रता, बदनामी, निन्दित कर्म, अपवित्रता, निन्दा, आपत्ति, सूतक, स्थिरता, आफूभन्दा सानो व्यक्तिको आश्रय, भैँसी, आलस्य, ऋण, फलामको वस्तु, जागिर, अरुको आश्रयमा रहनु, खेतीको साधन, जेल जानु, बन्धनमा पर्नु आदि विषयको विचार शनि ग्रहबाट गर्नुपर्छ।
आयुष्यं मरणं भयं पतिततां दु:खावमानामयान्
दारिद्रयं भृतकापवादकलूषाण्याशौचनिन्द्यापद:।
स्थैर्यं नीचजनाश्रयं च महिषं तन्द्रीमृणं चायसं
दासत्वं कृषिसाधनं रविसुतात्कारागृहं बन्धनम् ।।