चन्द्रमाको स्वरुप र चन्द्रमासँग सम्बन्धित विषयहरु

चन्द्रमा ग्रहको स्वरुप-

चन्द्रमाको शरीर स्थूल(ठुलो) छ। यसको अवस्था युवा र प्रौढ हुन्छ। यसको शरीर कृश(गोरो र कमजोर) हुन्छ। यदि चन्द्रमाको पक्ष बल राम्रो छ भने ठुलो शरीर हुन्छ तर यदि चन्द्रमाको पक्ष बल कम छ भने शरीर कमजोर हुन्छ। शिरको कपाल सानो र कालो हुन्छ। आँखा आकर्षक छ। शरीरमा रगतमा प्रधानता(अधिकता) छ अर्थात् शरीरको रक्त प्रवाहमा चन्द्रमाको प्रभाव हुन्छ। चन्द्रमाको वाणी मृदु, गोरो वर्ण, सेतो वस्त्र धारण गर्नेवाला छ भने शरीर र स्वभावले चन्द्रमा आकर्षक र दयालु स्वभावको छ। कफ, वात र पित्त मध्ये कफ र वातमा चन्द्रमाको प्रभाव हुन्छ किनभने चन्द्रमा स्वभाव र प्रकृतिले चिसो प्रधान हुन्छ। चन्द्रमाले कफ र वात सम्बन्धि रोग उत्पन्न  गर्दछ।
स्थूलो युवा च स्थिविर: कृश: सित: कान्तेक्षणश्चासितसूक्ष्ममूर्धज:।
रक्तैकसारो मृदुवाक् सितांशुको गौर: शशी वातकफात्मको मृदु: ।।

                                                                     (फलदीपिका)

चन्द्रमा ग्रहसँग सम्बन्धित वा कारक विषयहरु-

आमाको शुभ, मनको प्रशन्नता, समुद्र स्नान, सेतो रङ्ग, चामर, छाता, पंखा, फूल, नरम वस्तु, अन्न, कृषि, यश, मोती, काँस, चाँदी, दूध, मिठो पदार्थ, वस्त्र, जल, गाई, स्त्री प्राप्ति, सुख, भोजन, शारीरिक सुख, रुप(सौन्दर्य) आदिको विषय चन्द्रमाबाट विचार गरिन्छ वा चन्द्रमा यी विषयहरुको कारक हुन्छ।
मातु: स्वस्ति मन:प्रसादमुदधिस्नानं सितं चामरं
                                   छत्रं सुव्यजनं फ़लानि मृदुलं पुष्पाणि सस्यंकृषिम्।
कीर्तिं मौक्तिककांस्यरौप्यमधुरक्षीरादिवस्त्राम्बुगो-
                                   योषाप्तिं सुखभोजनं तनुसुखं रुपंवदेच्चन्द्रत:।।

                                                                           (फलदीपिका)

  • Astrologer Amrit Adhikari

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish