वि.सं. २०८० सालको वार्षिक भविष्यफल

वि.सं. २०८० सालको वार्षिक भविष्यफल 

 

यस वर्ष साठी संवत्सरमध्ये बार्हस्पत्यमानले नलनामको संवत्सरको समाप्तिसँगै पिङ्गल नामको संवत्सर प्रारम्भ भएको छ । मेषसंक्रान्तिबाट भुक्तमासादि ०/२१/८/२४ र भोग्यमासादि ११/८/५१/३६ रहेको छ । यसपछि सौरमानले कालयुक्तनामक संवत्सरको आगमन हुनेछ । संवत्सर फल निम्नअनुसार रहेको छ ।

 

यस वर्ष स्थानअनुसार कतै अतिवृष्टि, कतै अनावृष्टि त कतै सलह, मूसा एवं सुगाको आतङ्कका कारण मध्यम रूपमा उत्पादन हुने अन्नादिको मूल्यवृद्धि हुनेछ । करप्रणाली र राज्यमा हुने परचक्रीको प्रभावका कारण जनता भयभीत हुनेछन्। शक्तिशाली राज्यले अरू राज्यमा प्रभाव बढाउनेछन् । कालयुक्तसंवत्सरको प्रभाव वृद्धिसँगै संसारमा रोगवृद्धिका साथै अनाजवृद्धिसमेत हुनेछ । 

 

गुरुको उदयास्त विचार गर्दा आश्विन वर्ष परेकाले ग्रीष्मकालीन धानहरूको उत्पादन मध्यमरूपमा भएपनि शारदीय धानहरूको उत्पादन पूर्णरूपमा हुने हुनाले लोक सुखी हुनेछ । राजा बुधका कारण अधिक वृष्टिका साथै घरघरमा हुने माङ्गलिक कार्यहरूको आयोजनाले जनता खुशी नै देखिनेछन् । 

 

मन्त्री शुक्रका कारण पनि सलह, मूसा एवं सुगाको आतङ्क सिर्जना हुनाले अन्नको मूल्यवृद्धि भई जनता दुःखी हुनेछन् । सस्येश पदमा आसीन चन्द्रका कारण अनुकूल वृष्टि एवं दुग्ध उत्पादनमा वृद्धि हुनेछ । धान्येश शनिका कारण दुर्भिक्ष र देशमा कलहको स्थिति सिर्जना हुनेछ । मेधेश गुरुका कारण यथेष्ट वृष्टि हुनाले पृथ्वीमा आनन्दानुभूति हुनेछ भने शासकहरूमा समेत धार्मिक भावनाको उदय हुनेछ । रसेश बुधका कारण उत्पादनमा वृद्धि तथा देश र जनतामा सुखको सञ्चार हुनेछ। मोती, चाँदी, वस्त्रलगायत सेतो वर्णका वस्तुहरूको विशेष मूल्यवृद्धि हुनुको कारक निरसेश चन्द्र रहनेछ । फलेश गुरु भएकाले फलफूलको उत्पादनमा ह्रास आउनेछैन। यज्ञयागादिको आयोजनाले धार्मिक जनतामा केही सन्तोष बढ्नेछ। धनेश सूर्यका कारण व्यापारीवर्ग खुशी रहनेछन्। हात्ती, घोडा, भेडा, गधा, ऊँट तथा यानवाहनको बेचविखनबाट विशेष लाभ मिल्नेछ। दुर्गेश गुरुका कारण न्यायपूर्वक सुरक्षा संयन्त्र परिचालन हुनाले गाउँशहर सबैतिर समान सुरक्षा सुखको अनुभूति हुनेछ ।

 

जगल्लग्नकुण्डलीमा लग्नेश तथा दशमेश बुध अष्टम स्थानमा रहेको छ। चाहेर पनि शासकवर्ग आफ्नो योजना कार्यान्वयन गराउन सफल हुनेछैन, अरुको लगामले नियन्त्रण गर्नेछ । सूर्य आर्द्राप्रवेश विचार गर्दा फलका हिसाबले तिथि र योगको उत्तम संयोग परे पनि वार र नक्षत्र उपयुक्त छैनन् । तसर्थ शुभाशुभ फलको सम्मिश्रण रहने छ । ग्रहपरिषद्मा अवस्थित ग्रहस्थितिलाई विचार गरी अघि बढ्दै राष्ट्रको विकास र जनतामा सन्तोष अभिवृद्धि गराउने ध्येय भएमा शासकवर्ग सफल हुनेछ ।

  • Astrologer Amrit Adhikari

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish