शुक्र (Venus) ग्रहको मीन राशिमा गोचर, कस्तो रहला तपाईंको राशिको भाग्य?

वृष तथा तुला राशिको स्वामी, भृगु ऋषिका पुत्र, सुखका कारक शुक्र ग्रह जसलाई सुन्दरताको ग्रह पनि भनिन्छ। जसलाई दैत्यको गुरु पनि मानिन्छ। शुक्र ग्रह मीन राशिमा गोचर गर्दैछन्। हाम्रो वैदिक पन्चाङ्ग अनुसार शुक्र ग्रह २०७९ फागुन २ गते बेलुका ८:४२ बजे मीन राशिमा प्रवेश गर्छन् र शुक्र २०७९ फागुन २७ गतेसम्म मीन राशिमा रहन्छन्। शुक्र ग्रहको मीन राशिको गोचरले तपाईंको राशिलाई कस्तो प्रभाव पार्ला ? हामी यो विषयमा चर्चा गर्नेछौँ। 

आउँनुहोस् जानौं ज्योतिष शास्त्र अनुसार शुक्र ग्रहको गोचरको मेषादि राशिहरुमा पर्ने प्रभाव-


मेष राशि (Aries)
शुक्र ग्रहले तपाईंको राशिबाट बाह्रौँ भावमा गोचर गर्दैछन् र यसले तपाईंलाई मिश्रित परिणाम दिने सम्भावना छ। धेरै आनन्द र विलासितामा लाग्नु हानिकारक हुन सक्छ, त्यसैले यसलाई नियन्त्रण गर्नुपर्छ। तपाईंको मनपर्ने ठाउँको यात्रा हुन सक्छ। प्रेम जीवन नकारात्मक रूपबाट प्रभावित हुन सक्ने भएकाले ध्यान दिनुपर्छ। खर्च अधिक हुन सक्ने भएकाले खर्चमा नियन्त्रण गर्न आवश्यक छ।  

 

वृष राशि (Taurus)
शुक्र ग्रह तपाईंको राशिबाट एघारौं भावमा गोचर गर्दैछन् र यसको तपाईंलाई राम्रो परिणाम मिल्न सक्छ । यो समयमा वृष राशिका व्यक्तिहरुलाई धन लाभ हुन सक्छ । काम तथा व्यवसायमा मेहेनत अनुसारको परिणाम मिल्न सक्छ। आफुभन्दा उच्च अधिकारीलाई आफ्नो कामबाट सन्तुष्ट बनाउँन सकिन्छ। प्रेम जीवनमा रहेका व्यक्तिहरुले यो समयमा रोमान्टिक र खुसियाली समय बिताउन सक्नेछन्। वैवाहिक तथा पारिवारिक जीवन पनि यो समय राम्रो रहन सक्छ। विद्यार्थीले पढाईमा ध्यान दिंदा उत्कृष्ट नतिजा प्राप्त गर्न सक्छन्।  

 

मिथुन राशि (Gemini)
शुक्र ग्रह तपाईंको राशिबाट दशौँ भावमा गोचर गर्दैछ र यो समय तपाईंको लागि त्यति अनुकूल नरहन सक्छ।  यो समयमा तपाईंको काम वा व्यवसायको क्षेत्र समस्या आउन सक्छ। काममा असन्तुष्ट रहनाले काम परिवर्तन हुन सक्छ। परिवारमा तथा सन्तानसँग विवाद हुन सक्ने भएकाले विवादबाट बच्नुपर्छ। प्रतिस्पर्धि आफुभन्दा बलिया हुन सक्छन्। प्रेम जीवनमा पनि प्रेमीप्रेमिका बीच असमझदारी आउन सक्ने भएकाले एक अर्कालाई सम्मान गर्दै अगाडि बढ्नु पर्नेछ। 

 

कर्कट राशि (Cancer)
शुक्र ग्रहले तपाईंको राशिबाट नवौं भावमा गोचर गर्दैछन्। यसले तपाईंलाई राम्रो परिणाम दिने सम्भावना रहेको छ। तपाईंले यो समयमा परिवारलाई राम्रो समय दिन सक्नुहुन्छ र परिवारका साथ कुनै यात्रा वा रमाइलो गर्न सक्नुहुन्छ। यो समयमा कुम्भ राशिका व्यक्तिहरुलाई मानसम्मान मिल्न सक्छ। धार्मिक तथा सामाजिक काममा मन लाग्न सक्छ। काममा गरिएको मेहेनतको कदर हुन सक्छ र तपाईलाई पुरस्कार प्राप्त हुन सक्छ। वैवाहिक जीवन तथा प्रेम सम्बन्ध पनि यो समयमा राम्रो रहन सक्छ।  

 

सिंह राशि (Leo)
शुक्र ग्रहले सिंह राशिबाट आठौँ भावमा गोचर गर्दैछ। यो समयमा सिंह राशिका व्यक्तिहरुलाई मिश्रित परिणाम मिल्न सक्छ। तपाईं अनैतिक गतिविधिमा सहभागी हुन सक्नुहुन्छ, त्यसैले यसबाट बच्नुपर्छ। तपाईंको लगानीले दीर्घकालीन लाभ दिन सक्छ। काममा केहि जोखिम आउनसक्ने भएपनि जोखिम पार गरेर सफलता प्राप्त गर्न सकिन्छ। प्रेम तथा वैवाहिक जीवन यो समयमा राम्रो रहन सक्छ।  

 

कन्या राशि (Virgo)
शुक्रको गोचर कन्या राशिबाट सप्तम भावमा हुन्छ र यसले कन्या राशिलाई राम्रो परिणाम दिन्छ। जीवनसाथी तथा प्रेमीसँगको सम्बन्ध अझ राम्रो भएर जान सक्छ। पारिवारिक जीवन आनन्दमय रहन सक्छ। आम्दानी सामान्य रहन्छ भने नयाँ लगानीको योग पनि देखिन्छ। 

Mero Jyotish

तुला राशि (Libra)
शुक्र ग्रह तुला राशिबाट छैटौँ घरमा गोचर गर्दैछ र यसले मिश्रित फल दिन्छ। यदि तपाईं आफ्नो हरेक काममा आशावादी रहनुहुन्छ भने यसले तपाईंलाई परिश्रम अनुसारको फल प्राप्त गर्न सहयोग गर्नेछ।  वित्तीय स्थिरता राम्रो रहन्छ र लामो समयदेखि नमिलेको लेनदेन पनि मिल्न सक्छ। तपाईंका शत्रूहरु तपाईंको सामना गर्ने कोसिस गर्दैनन्। प्रतिस्पर्धी कामबाट फाइदा लिन सकिन्छ। वैवाहिक जीवनमा मतभेद रहन सक्छ। व्यवसायमा सहकर्मी वा साझेदार संगको सम्बन्ध बिग्रिन सक्छ भने खर्च पनि बढ्न सक्ने भएकाले ध्यान दिनुपर्छ।  

 

वृश्चिक राशि (Scorpio)
शुक्र तपाईंको राशिबाट पाँचौं भावमा गोचर गर्दैछ। यो समयमा तपाईंलाई राम्रो परिणाम मिल्न सक्छ। उच्च शिक्षा ग्रहण गर्न विदेश जान चाहनेको लागि यो राम्रो समय हुन सक्छ। सन्तानको क्षेत्रबाट खुसी मिल्न सक्छ। आम्दानीको क्षेत्रमा सामान्य सुधार हुन सक्छ। यो समय पारिवारिक क्षेत्रमा गरिएको खर्चले पनि आनन्द दिन सक्छ भने घरमा पुजा पाठको आयोजना गर्दा मन आनन्दित रहन सक्छ। व्यावसायिक तथा कामको क्षेत्र स्थिर रहन सक्छ।  

 

धनु राशि (Sagittarius)
शुक्रले तपाईंको राशिबाट चतुर्थ भावमा गोचर गर्दैछ र यसले तपाईंलाई उत्कृष्ट परिणाम दिन मद्दत गर्नेछ। पारिवारिक जीवन खुसी तथा और परिपूर्ण रहन सक्छ। पारिवारिक उत्सवमा खर्च हुन सक्ने समय छ। धनको पूर्ति तथा इच्छालाई वास्तविकतामा बदल्नको लागि यो समय राम्रो छ। घरको मर्मत सम्भार तथा वाहन खरिदमा खर्च हुन सक्ने योग छ। यो समयमा काममा सहकर्मीसँग विवाद हुन सक्ने भएकाले ध्यान दिनुपर्छ। 

 

मकर राशि (Capricorn)
शुक्र ग्रह तपाईंको राशिबाट तेश्रो भावमा गोचर गर्दैछ र यसले तपाईंलाई आफ्नो मेहेनत अनुसारको राम्रो परिणाम दिन्छ। तपाईं रचनात्मक प्रतिभाले कामलाई नयाँ ढंगबाट गर्नलाई मद्दत गर्नेछ। कामसँग सम्बन्धित यात्रा फाइदाजनक रहन्छ। कला, नाटक आदिसँग सम्बन्धित व्यक्तिहरुलाई यो समय फाइदाजनक रहेको छ। पारिवारिक जीवनमा असमझदारी हुन सक्ने सम्भावना रहेकाले कामको साथसाथै पारिवारिक जीवनलाई पनि प्राथमिकता दिएर अगाडि बढ्दा राम्रो हुन्छ। 

 

कुम्भ राशि (Aquarius)
शुक्र तपाईंको राशिबाट दोश्रो भावमा गोचर गर्दैछ र यसले तपाईंलाई राम्रो परिणाम दिन सक्ने सम्भावना छ । तपाईंको संचार कौशलता तपाईंको सफलताको कारक बन्न सक्छ। तपाईंलाई आफ्नो राम्रो कामले गर्दा मानसम्मान तथा पदोन्नति मिल्न सक्ने सम्भावना छ। तपाईंको भाग्य पनि अनुकूल रहन सक्छ। पारिवारिक जीवन यो समयमा राम्रो रहन सक्छ भने परिवारको साथमा रमाइलो यात्रा हुन सक्ने पनि योग छ। आर्थिक क्षेत्र अर्थात् आम्दानीमा वृद्धि हुन सक्छ।

 

मीन राशि (Pisces)
शुक्रले तपाईंको राशिबाट प्रथम स्थान अर्थात् लग्न भावमा गोचर गर्दैछन् र यसको शुभ प्रभाव तपाईंलाई मिल्न सक्छ। आफ्नो प्रतिद्वन्दीलाई चुनौती दिन सफल हुन सकिन्छ। यो समयमा कामुकता बढ्न सक्छ र यसले तपाईंको चरित्र खराब हुन सक्ने भएकाले यसलाई नियन्त्रण गर्नुपर्छ। विवाहित व्यक्तिहरुको सम्बन्धमा रहेको असमझदारी हटेर सम्बन्ध राम्रो बन्न सक्छ। व्यवसाय गर्ने व्यक्तिहरुले यो समय राम्रो नाफा आर्जन गर्न सक्छन्। विद्यार्थीले पढाईमा राम्रो नतिजा प्राप्त गर्दा धेरै ध्यान दिनुपर्छ। 

Mero Jyotish

  • Astrologer Amrit Adhikari

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish