माघ महिनामा विवाह गर्नाले कन्या धनवती, फाल्गुन महिनामा विवाह गर्नाले सौभाग्यवती, वैशाख र ज्येष्ठमा विवाह गर्नाले पतिको प्रिय हुन्छिन्। असार महिनामा विवाह गर्नाले कन्या कुलमा वृद्धि गर्ने वाला हुन्छिन् ।नारद मुनिको मत अनुसार मङ्सिर महिनामा विवाह गर्नु पनि शुभ हुन्छ भने अन्य महिनामा विवाह गर्नु राम्रो मानिदैन। यसै सम्बन्धमा शीघ्रबोध नामक ज्योतिषीय ग्रन्थमा रहेको श्लोक तल प्रस्तुत गरिएको छ-
माघे धनवती कन्या फाल्गुने सुभगा भवेत् ।
वैशाखे च तथा ज्येष्ठे पत्युरत्यन्तवल्लभा ।।
आषाढे कुलवृद्धि: स्यादन्ये मासाश्च वर्जिता: ।
मार्गशीर्षमपीच्छन्ति विवाहे केSपि कोविदा: ।।
( शीघ्रबोध:)