हाम्रो संस्कार तथा संस्कृतिमा विवाहको ठूलो महत्व रहेको छ। हाम्रा शास्त्रहरुले विवाहलाई सात जन्मको पारिस्परिक सहयात्रा तथा अटुट बन्धनको रुपमा चित्रण गरेको छ। विवाहमा वर र कन्याको गुण मिलान, विवाहको मुहूर्त तथा लग्न आदि विभिन्न विषयहरु विचारणीय रहेका छन्। हामी आज तपाईंहरुलाई विवाहको लागि शुभाशुभ तिथिहरु कुन-कुन रहेका छन् ? कुन तिथिमा विवाह गर्दा राम्रो हुन्छ र कुन तिथिमा विवाह गर्दा अनिष्ट हुन्छ भनेर यो लेखको मध्यमबाट बताउनेछौँ।
आउनुहोस् जानौं विवाहका लागि शुभाशुभ तिथिहरुको बारेमा-
प्रतिपदामा विवाह गर्नाले दुख, द्वितीयामा प्रीति, तृतीयामा सौभाग्य, चतुर्थीमा धननाश, पन्चमीमा सुख र सम्पत्ति, षष्ठीमा विघ्न, सप्तमीमा विद्या, शील र सुखको प्राप्ति, अष्टमीमा निष्फल, नवमीमा शोक, दशमीमा आनन्द, एकादशीमा सुखप्राप्ति, द्वादशीमा मनोरथसिद्धि, त्रयोदशीमा यश र लाभ, चतुर्दशीमा कष्ट, पूर्णिमामा अनेक प्रकारको लाभ, अमावस्या(औंशी), चतुर्थी, नवमी, चतुर्दशीमा, विष्टि करणमा जसले विवाह गर्दछ, त्यसले छिट्टै मृत्युतुल्य अनिष्ट वा कष्ट भोग्नुपर्ने हुन्छ।
यसै सन्दर्भमा रहेको श्लोक यहाँ प्रस्तुत गरिन्छ-
प्रतिपद् दुःखजननी द्वितीया प्रीतिवर्द्धनी ।
तृतीयायां च सौभाग्यं चतुर्थी धननाशिनी ॥
पञ्चम्यां सुखवित्तानि षष्ठी विघ्नप्रदायिनी ।
विद्याशील सुखाप्तिः स्यात् सप्तम्यामफलाऽष्टमी ॥
नवमी शोकदा प्रोक्ता आनन्दो दशमीदिने ।
सुखमेकादशी ज्ञेया सफला द्वादशी स्मृता ॥
मानपुत्रा त्रयोदश्यां चतुर्दश्यां तु दोषदा ।
फलं बहुविधं नित्यं पञ्चदश्यां विशेषतः ॥
अमायां चैव रिक्तायां करणे विष्टिसंज्ञके ।
यः करोति विवाहं च शीघ्रं याति यमालयम् ॥