कतै तपाईं साँझमा कुचो वा झाडु लगाएर दरिद्रतालाई निम्तो त दिईरहनुभएको छैन ? पढ्नुहोस् यो सम्बन्धि जानकारी।
सर्वप्रथम यो कुरा विचार गर्नुपर्छ कि सूर्यास्त पछि वा साँझको समयमा घरमा कहिल्यै पनि झाडु लगाउनु हुँदैन। साँझमा झाडु वा कुचो लगाउनाले आर्थिक समस्याहरू आउन सक्छ।
गल्तीले पनि झाडूलाई ठड्याएर राख्नु हुदैँन । कुचो वा झाडूलाई ठड्याएर राख्नाले घरमा झगडा हुन्छ।
झाडुलाई कहिले पनि खुट्टाले कुल्चिनु वा लात्ती लगाउन हुदैँन। यस्तो गर्दा पनि घरमा दरिद्रता बढ्न सक्छ।
झाडुलाई कहिले पनि भिजाउनु हुँदैन र सधैं सफा राख्नु पर्छ।
झाडुलाई समय समयमा परिवर्तन गर्नुपर्दछ। घरमा पुरानो कुचो कहिले पनि नराख्नुहोस्।
गल्तिले पनि झाडुलाई घर बाहिर छर्नु वा कुचोलाई फुकालेर छरपस्ट गर्नु हुँदैन र कहिल्यै जलाउनु पनि हुँदैन।
घर बाहिर वा छानामा झाडू राख्नु अशुभ मानिन्छ। यदि घरको छानामा वा घरको बाहिर झाडू राखिन्छ भने, घरमा चोरी हुन सक्ने सम्भावना बढ्छ।