घरको दक्षिण दिशामा सिढी बनाउनु पर्दछ। यस्तो गर्दा धनको आगमन भैरहन्छ।
घरको उत्तरपूर्वी कुनालाई ईशान भनिन्छ। ईशान कुना सँधै सफा र सुन्दर राख्नुपर्दछ, किनकि यस्तो मानिन्छ कि देवताका गुरु बृहस्पतिको वास ईशान तिर हुन्छ।
यदि तपाईंले घरमा मनिप्लानको बोट लगाउनुहुन्छ भने दक्षिण दिशामा लगाउनुहोस्, यसो गर्दा धनको देवी माता लक्ष्मी तपाईंको घरमा वास गर्नुहुन्छ र सबै आर्थिक समस्याहरू हट्दछ ।
घरको दक्षिणी भाग घरको उत्तरी भाग भन्दा उच्च हुनुपर्छ किनकि यदि त्यसो भयो भने घरमा खुसी र समृद्धि रहन्छ ।
यदि घरको मूल ढोका अगाडि खाल्टो वा फोहोर छ भने, सकेसम्म यसलाई सफा गर्नुहोस्। यदि यस्तो गरिएन भने घरमा दरिद्रता रहन्छ ।
तुलसीको बोट घरको दक्षिणी भागमा कहिल्यै रोप्न हुन्न। यदि तपाइँ यसो गर्नुहुन्छ भने घरमा बस्ने मानिसहरूलाई सबै प्रकारका रोगहरूको सामना गर्नुपर्ने हुन सक्छ ।
यदि घरका भाँडा फुटेको वा कुच्चिएको छ भने, तिनीहरूलाई सकेसम्म चाँडो घरबाट बाहिर निकाल्नुहोस्। यसो गर्दा घरमा सकारात्मक उर्जा रहन्छ।