राम्रो पारिवारिक सम्बन्धको वास्तु सम्बन्धि सुझाव

उपचारात्मक वास्तुका अनुसार दिशाको सन्तुलन हुनु धेरै महत्त्वपूर्ण छ, जुन घरको भवनको दिशा सन्तुलनमा छ, त्यहाँ सकारात्मक उर्जाको उचित प्रवाह हुनेछ, जसका कारण भवनमा बस्ने सदस्यहरूले आफ्नो खुशीयाली जीवन बिताउँछन्। दिशामा सन्तुलन बिग्रन्छ भने घर भित्र नकारात्मक उर्जा बढ्छ र कलह बढ्न थाल्छ। वास्तुमा हरेक कुराको दिशा निर्धारित छ। तपाईंको पारिवारिक सम्बन्धहरू राम्रो होस् भनेर त्यसको लागि पनि दिशा निर्धारण गरिएको छ दक्षिण-पश्चिम दिशा। यो दिशा पारिवारिक सम्बन्धसँग सम्बन्धित छ, यसको मतलब पारिवारिक सम्बन्धमा बलियो हुनको लागि यो दिशामा सन्तुलन हुनु धेरै महत्त्वपूर्ण छ। यस दिशाको असन्तुलनले पारिवारिक सम्बन्धमा बिभिन्न समस्या उत्पन्न गर्दछ। पारिवारिक सम्बन्ध सन्तुलन राख्नका लागि हामीले केहि वास्तु सम्बन्धि उपायहरु यहाँ प्रस्तुत गरेका छौ।

 

१. यदि घरका सदस्यहरू बीच झगडाको स्थिति छ भने त्यहाँ दक्षिण-पश्चिम दिशाको असन्तुलन हुन सक्छ । साना मामिलामा परिवारका सदस्यहरूमा मतभेद हुँदा विवाद कायमै रहन्छ। घरको दक्षिण पश्चिम दिशाको सम्बन्ध व्यक्तिको कुशलता, बुद्धिमता र ज्ञानसंँग जोडिएको हुन्छ। साथै उक्त दिशा अध्ययन र शिक्षासँंग पनि सम्बन्धित हुन्छ। यसलाई सधै सफा राख्नुपर्छ।

 

२. फोहोर, जुत्ता वा प्रयोगमा नआउने सामान त्यस्ता सामानहरू दक्षिण-पश्चिम तिर राख्दा नकारात्मक उर्जाको प्रवाह बढ्छ, जसको कारण पारिवारिक सम्बन्धमा तनाव सुरु हुन्छ।

 

३. सजावटको रङ्ग - पहेंलो रङ्ग यस दिशाको अनुकूल हुने भएकाले पहेंलो रङ्ग यस दिशामा प्रयोग गर्नुपर्नेछ। भित्ता वा अन्य सजावटको रङ्ग पहेलो छनौट गर्नुपर्छ।

 

४. फोटो - उत्तम पारिवारिक सम्बन्धको लागि तपाईंको परिवारको सामुहिक फोटो यस दिशामा सुनौलो वा पहेंलो फ्रेममा राख्नुपर्दछ। यसले तपाइँको परिवारबीच राम्रो समन्वय रहन्छ।

 

५. दक्षिण पश्चिम तपाईको सम्बन्ध र दक्षताको क्षेत्र पनि हो - यो दक्षता, विवाह, पारिवारिक सद्भाव, संलग्नता, जीवन र सम्बन्धमा स्थिरताको प्रतिनिधित्व क्षेत्र हो। यस क्षेत्रले तपाइँको प्रतिभालाई पनि जगाउँदछ। आफ्नो दक्षता विकास गर्नका लागि यस क्षेत्रमा तपाईंको सबै डिग्री, प्रमाणपत्रहरू र पुरस्कारहरू राख्नुहोस्। यो कार्यस्थलको लागि आदर्श क्षेत्र हो।

  • Astrologer Amrit Adhikari

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish