हिन्दू धर्म तथा वास्तु शास्त्रका अनुसार घरमा मयूरको प्वाँख राख्नु शुभ मानिन्छ। विश्वव्यापी स्तरका मानिसहरुमा विश्वास छ कि मयूरको प्वाँखले नकारात्मक उर्जालाई टाढा राख्छ। सबै धर्मशास्त्र, ग्रंथ, वास्तु र ज्योतिषशास्त्रमा मयूर प्वाँखको महत्त्वपूर्ण स्थान छ। घरमा मयूरको प्वाँखहरू यस्तो ठाउँमा राख्नुहोस् जहाँबाट सबैलाई सजिलै देखिन्छ। घरमा मयूरको प्वाँख राख्नु धेरै महत्त्वपूर्ण छ। यो धार्मिक कार्यहरूमा पनि प्रयोग हुन्छ। आउनुहोस् जानौं मयूरको प्वाँखको महत्व।
लोकप्रिय पौराणिक कथा
कुनै एक समयमा सन्ध्या नाम गरेको असुर थियो । जसले कठोर तपस्या गरेर भगवान शिवलाई प्रसन्न तुल्यायो र वरदानको रूपमा धेरै प्रकारका शक्ति प्राप्त गर्यो। उसले भगवान विष्णुका भक्तहरूलाई अत्याचार गर्न लाग्यो । एक दिन उसले स्वर्गलाई पनि आफ्नो नियन्त्रणमा लियो र सबै देवीदेवताहरुलाई बन्दी बनायो। यस असुरलाई पराजित गर्न सबै देवीदेवताहरू मयूरको प्वाँखमा विराजमान भए र त्यो असुरलाई पराजित गर्न सके। त्यसबेलादेखि मयूरको प्वाँखलाई पूजनीय मानियो र यसले मन्दिरमा स्थान पायो। मयूरको प्वाँखको जति ठूलो महत्त्व सनातन धर्ममा छ सायदै त्यो अन्य संस्कारमा होला। हामी विश्वास गर्दछौं कि नकारात्मक उर्जा हटाउन मयूर सबैभन्दा प्रभावकारी हुन्छ।
मयूरको पंख(प्वाँख) सम्बन्धी वैश्विक पौराणिक मान्यता
हिन्दू धर्ममा मयूरका प्वाँखहरु धनको देवी लक्ष्मी र शिक्षाको देवी सरस्वतीसँग सम्बन्धित छ। लक्ष्मीको भाग्य, सम्पन्नता र समृद्धिको लागि पूजा गरिन्छ। मयूरको प्वाँखको उपयोग लक्ष्मीका यी गुणहरू लिन प्रयोग गरिन्छ। मयूर विद्याकी देवी सरस्वतीको प्रिय भएकोले विद्यार्थीले मयूरको प्वाँख उनीहरूको किताबभित्र राख्ने चलन छ। घरमा मयूरको प्वाँखहरू घरमा राख्नुले सम्बन्धमा मिठास ल्याउँछ। मयूरको प्वाँख भगवान् श्री कृष्ण, श्री गणेश र कार्तिकेय जस्ता धेरै देवताहरूको मनपर्दो आभूषण हो।
ग्रीक-रोमन संस्कृतिमा पनि मयूरलाई ‘हीरा’ देवीको प्रतिक मानिन्छ। हीराले ‘आर्गस’बाट मयूरको सृजना गरेको यस संस्कृतिको पौराणिक कथाहरूमा भेट्न सकिन्छ। आर्गसका सय नयन (मयूरको प्वाँखमा देखिने आकृति)ले स्वर्गको खजाना र ताराहरूका आँखालाई जनाउँदछ।
नवग्रह शान्ति र धनलाभको लागि मयूरको प्वाँख प्रयोग गर्नुहोस्
मयूरको प्वाँखहरू नवग्रहहरूको शान्तिको लागि प्रयोग गरिन्छ। घरको उत्तर वा उत्तर-पूर्वी कुनामा मयूरको प्वाँख राख्नाले नवग्रहको पीडा कम गर्दछ। मयूरको प्वाँख पनि माता लक्ष्मीसँग सम्बन्धित छ। तसर्थ मयूरको प्वाँखले सम्पत्तीलाई आकर्षित गर्दछ, यसैले मानिसहरूले यसलाई आफ्नो घरको ढुकुटीमा राख्छन्। यस बाहेक तपाईं घर र कार्यालयमा मयूरको सुन्दर तस्वीरहरू र शोपीसहरू पनि राख्न सक्नुहुनेछ।
मयूरको प्वाँखले मन शान्त गर्दछ
यदि बच्चा अट्टेरी छन् र तपाइँको कुरा सुन्दैनन् भने मयूर पंखेले बनेको फ्यानले हावा दिने गर्नुहोस्। बच्चाहरुको जिद्दी स्वभाव स्वचालित रूपमा केहि दिनमा पुन: ठीक हुन्छ। नवजात शिशुको टाउकोमा चाँदीको ताबीजमा मयूरको प्वाँख राखेर राख्नाले बच्चालाई नजर लाग्दैन, उसलाई राम्रो सपना आउदैन र ऊ डराउँदैन।
मयूरको प्वाँखको प्रयोगले भवन तथा व्यवसायिक प्रतिष्ठानहरूको वास्तु दोष हटाउनुहोस्-
वास्तु शास्त्रका अनुसार मयूरको प्वाँखले वास्तु दोषहरूमा चमत्कारिक प्रभाव देखाउँदछ। यो घर, पसल वा व्यापारिक प्रतिष्ठानको वास्तु दोष हटाउन सक्षम छ। यदि भवनमा वास्तु दोष छ र त्यसलाई नभत्काई सुधार गर्न सम्भव छैन भने, मयूरको प्वाँख प्रयोग गरेर दोष हटाउन सकिन्छ। यसको लागि तपाईंले भवन वा पसलको मुख्य प्रवेशद्वारमा तीनवटा मयूरको पखेटा राख्नु पर्छ। यो मयूरको प्वाँखलाई यस्तो ठाउँमा लगाउनुपर्छ कि जहाँबाट आउँदाजाँदा मयूरको प्वाँखको तलबाट ओहोरदोहोर होस्। यसो गर्नाले वास्तु दोष हट्छ र धनसम्पत्तिमा वृद्धि हुन्छ।
यशु ख्रीष्ट र मयूर
क्रिश्चियन धर्ममा पनि मयूरलाई पवित्रता, अमरत्व, नवीकरण र पुनर्जन्मको रूपमा चिनिन्छ। काल्पनिक पक्षी ‘फिनिक्स’को पुनरुत्थान गरी आधुनिक पक्षी ‘मयूर’को सृजना गरेको घटना पनि कतिपय ग्रन्थहरूमा कथित छन्। साथै, सेतो रङ्गको मयूरलाई शान्ति, असत्यमाथि सत्यको विजय, जीवन अनि स्वर्गको प्रतिक पनि मानिन्छ।