गणेश चतुर्थी कहिले र कसरी मनाइन्छ ?

गणेश चतुर्थी कहिले मनाइन्छ ?
गणेश चतुर्थी जसलाई विनायक चतुर्थीको नामले पनि जानिन्छ, हिन्दु धर्ममा एक महत्वपूर्ण तथा शुभ पर्व मानिएको छ। यो पर्व भाद्र महिनाको शुक्लपक्षको चतुर्थी तिथिमा मनाइन्छ। विशेष गरेर भारतको महाराष्ट्र राज्यमा गणेश चतुर्थीलाई धेरै भव्यता तथा आस्थाका साथ मनाइन्छ। गणेशजीको एक नाम विघ्नहर्ता पनि हो त्यसैले  हिन्दु भक्तहरुको मान्यता छ कि यी दश दिनमा जसले श्रद्धा एवं विधि-विधानले गणेश जीको पुजा गर्छ भने, गणेश भगवान जो देवताहरुको पनि अग्रणी देवता हुनुहुन्छ, भक्तहरुको जीवनको सम्पूर्ण बाधाहरुको अन्त गरेर आफ्ना भक्तहरुलाई सौभाग्य, समृद्धि एवं सुख प्रदान गर्नुहुन्छ। गणेश चतुर्थीको दिन व्रत गर्ने व्यक्तिले चन्द्रमाको दर्शन गर्नुहुँदैन, चन्द्रमा हेर्नाले चन्द्र दोष लाग्न सक्छ, जसले गर्दा व्यक्तिलाई मिथ्या आरोपको सामना गर्नुपर्ने हुन सक्छ।

 

कसरी मनाइन्छ गणेश उत्सव ?
दश दिन सम्म चल्ने यो पर्वमा श्री गणेशको विभिन्न आकारको मूर्तिलाई घरमा, मन्दिरमा अथवा पन्डालहरुमा शृंगार गरेर चतुर्थीको दिन स्थापित गरिन्छ, त्यहाँ स्थापना गरिएको मूर्तिमा वैदिक मन्त्रोच्चारणको साथ प्राणप्रतिष्ठा गरिन्छ। दश दिन सम्म अर्थात् अनन्त-चतुर्दशी सम्म  गणेश प्रतिमालाई नित्य विधिपूर्वक पुजा गरिन्छ। एघारौँ दिन यो मूर्ति वा प्रतिमालाई कुनै स्वच्छ जलाशय जस्तै नदी अथवा सागर आदिमा प्रवाहित (विसर्जित) गरिन्छ।

 

नोट: गणेश चतुर्थी पर्व भारतको महाराष्ट्र तिर दश दिनसम्म मान्ने चलन रहेपनि नेपालमा भाद्र महिनाको शुक्लपक्षको चतुर्थीको दिन गणेशको पुजा तथा व्रत गरेर मनाउने परम्परा रहेको छ। 

  • Mero Jyotish

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish