कार्तिक महिनामा पुजा र दीपदानको महत्व

पौराणिक शास्त्र अनुसार कार्तिक महिनामा धनसँग सम्बन्धी विशेष पुजाहरु गरिन्छ, जसले धन, आयु र आरोग्य प्रदान गर्दछ। जीवनमा रहेको अन्धकार हटेर  उज्यालो प्रकाश प्राप्त हुन्छ। कार्तिक महिनामा दीपदान गर्नाले  मानवको सबै पापहरू नष्ट हुन्छन्। यस महिनामा धनकी देवी लक्ष्मी माताको पुजा आराधना गरिन्छ।

पुराण भन्छन् कि जो मानिस यस महिनामा मन्दिर, नदीको किनार, तुलसीको अगाडि र उसको सुत्ने कोठामा बत्ती बाल्छ उसले सबै प्रकारका आनन्द प्राप्त गर्दछ। भगवान नारायण विष्णु र लक्ष्मीजीलाई बत्ती बाल्नाले अमिट फल पाउँछन्। मनुष्यले पुण्य प्राप्त गर्नुका साथै उसले लक्ष्मीको कृपा प्राप्त गर्दछ। यस महिनामा स्नान, बत्ती दान र तुलसीको पूजा विशेष फलदायी मानिन्छ।

स्कन्द पुराण र पद्म पुराण अनुसार यो  महिना धर्म, अर्थ, काम र मोक्ष दिनवाला  भनिएको छ। यस महिनामा विशेष गरी दिपावली पछि गोपाष्टमी, नवमी र हरिबोधिनी एकादशीमा पूजा गर्ने ठूलो महत्त्व छ। तुलसी विवाह यस महिना कार्तिक शुक्ल हरिबोधिनी एकादशीमा गरिन्छ। तुलसीको बोट सजाइन्छ र भगवान शालिग्रामको पूजा गरेर तुलसीको विवाह गरिन्छ। कार्तिकमा तुलसीको पूजा विशेष फलदायी मानिन्छ।
कार्तिक पूर्णिमाले धन, आयु  र आरोग्य दिन्छ र मानवको लागि मुक्तिको ढोका खोलिदिन्छ। यससँगै यो महिनाको अन्तिममा आउने बैकुण्ठ चतुर्दशीमा हरिहर मिलन र कार्तिक पूर्णिमाको दिन चातुर्मास समाप्त हुन्छ।

  • Mero Jyotish

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish