वि. सं. : २०७९ वैशाख २२ गते बिहिबार
इ.सं. : 5th May 2022 (Thursday)
सूर्योदय: विहान 05:24 बजे
सूर्यास्त: बेलुका 18:39 बजे
तिथि : चतुर्थी 07:45 सम्म, तत्पश्चात् पञ्चमी
पक्ष : वैशाख शुक्लपक्ष
नक्षत्र : आर्द्रा (अहोरात्र)
योग : सुकर्मा 18:20 सम्म, तत्पश्चात् धृति
करण : विष्टि 10:17 सम्म, तत्पश्चात् बव
चन्द्रराशि: मिथुन
ऋतु : वसन्त
अयन : उत्तरायण
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
दिन निकै राम्रो छ। सफलता मिल्नेछ। राजनीति, सामाजिक, आर्थिक क्षेत्रहरु सामान्य छन्। व्यापार व्यवसायमा भने उन्नती हुनेछ। कर्म क्षेत्रमा सन्तोषजनक नतिजा मिल्नेछ। प्रेममा आत्मियता बढ्नेछ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
दिन सामान्य राम्रो छ। व्यापार व्यवसायबाट राम्रो छ। राजनीति, सामाजिक, वैदेशिक, क्षेत्रमा सामान्य छ। पठनपाठनमा रुची बढ्नेछ। प्रेममा धोका पाइनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
दिन सामान्य रहेको छ। स्वास्थ्यमा समस्या आउनेछ। खर्च बढ्नेछ। बन्धुहरुसँगको सम्बन्ध राम्रो हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
दिन सामान्य राम्रो छ। आय बढ्नेछ। खुसीका साथ दिन बित्नेछ। व्यवसायमा राम्रो हुनेछ। आकस्मिक लाभ मिल्नेछ। प्रतिस्पर्धीबाट जोगिनु होला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कुरा काट्नेहरु बढ्नेछन्। प्रेममा भने सफलता मिल्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीले फाइदा मिल्नेछ। बन्धुहरुसँग जोगिएर काम गर्नुहोला।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
दिन सामान्य राम्रो छ। विद्यामा प्रगति हुनेछ। समस्या आएपनि सामना गरेर अगाडि बढ्नुहोला। हनुमानको स्मरण गरेर मात्र काम थाल्नुहोला। शिक्षाको क्षेत्रमा फाइदा मिल्नेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
दिन सामान्य राम्रो छ। शिक्षाको क्षेत्रमा गरेको लगानी उठ्नेछ। पठनपाठनमा जोशजाँगर बढ्नेछ। स्वास्थ्यमा समस्या आउनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
दिन सामान्य छ। बोलीले हानी गर्ने भएकाले बोल्दा बिचार पु¥याउनुहोला। कुरा काट्नेहरु बढ्नेछन्। प्रतिवाद गर्ने क्षमता बढाउनुहोला। प्रतिस्पर्धी कमजोर हुनेछ। प्रेम बढ्नेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
दिन निकै राम्रो छ। बन्धुबाट सहयोग मिल्नेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीले राम्रो नतिजा दिनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
दिन सामान्य राम्रो छ। राजनीतिमा सफलता मिल्नेछ। शिक्षा र स्वास्थ्यमा गरेको लगानीले राम्रो प्रतिफल दिनेछ। वैदेशिक लगानीमा भने सचेत हुनुपर्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
दिन सामान्य राम्रो छ। प्रभाव बढ्नेछ। खुसी मिल्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीले राम्रो प्रतिफल दिनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
दिन निकै राम्रो छ। कार्यक्षेत्रमा गरेको लगानीबाट सन्तोष मिल्नेछ। खर्च बढ्नेछ। सतर्क भएर लगानी गर्नुहोला।