आजको पञ्चाङ्ग र राशिफल (२०७८ कार्तिक २६ गते शुक्रबार), Daily Horoscope of Friday 12th November 2021

आजको पञ्चाङ्ग

वि. सं. :       २०७८ कार्तिक २६ गते शुक्रबार

इ.सं. :         12th November 2021 (Friday)

सूर्योदय:       विहान 06:23 बजे

सूर्यास्त:        बेलुका 17:11 बजे

तिथि :         अष्टमी 10:43 सम्म, तत्पश्चात् नवमी

पक्ष :            कार्तिक शुक्लपक्ष

नक्षत्र :          धनिष्ठा 20:03 सम्म, तत्पश्चात् शतभिषा

योग :            ध्रुव 27:30 सम्म, तत्पश्चात् व्याघात 

करण :          बालव 17:53 सम्म, तत्पश्चात् कौलव      

चन्द्रराशि:       मकर 08:20 सम्म, तत्पश्चात् कुम्भ

ऋतु :             शरद्

अयन :           दक्षिणायन

 

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मेष राशि भएकाहरूका लागि आज दिन र समय मध्यम रहनेछ । चन्द्रमा दशौं भावमा भ्रमण गरिरहेकाले आँटे ताकेका काम अधूरै रहनेछन् । आफन्तले कुरा काट्नेछन् । व्यापार व्यवसायमा मन्दी आउनेछ । मन अस्थिर हुनेछ । नयाँ कामको थालनी नगर्नुहोला । यात्रामा पनि सावधान हुनुहोला ।

 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

वृष राशि भएकाहरूका लागि आज पनि समय ठीक छैन । चन्द्रमा नवौं भावमा भ्रमण गरिरहेका छन् । त्यसैले एक्कासी नयाँ रोगले दु:ख दिने, आफन्तसंग वादविवादमा फसिने, मनमा नकारात्मक सोचाइ बढ्न सक्ने देखिन्छ । आज जे गर्दै हुनुहुन्छ निकै होसियारीका साथ गर्नुहोला ।

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

मिथुन राशि भएकाहरूका लागि आज पनि समय खराब छ । चन्द्रमा आठौं भावमा भ्रमण गरिरहेकाले तपाइँको आज सरकारी कार्यालयबाट हुने काम बन्नेछैन । आफ्नै सन्तानसंग झगडा हुन सक्छ । दुर्घटनाको सम्भावनालाई पनि नकार्न सकिन्न । आजदेखि दीर्घ रोग पनि देखा पर्नेछ । आज यात्रा र नयाँ कामको थालनी पनि सकभर नगर्नुहोला ।

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

कर्कट राशिका लागि आज पनि समय शुभ छ । सातौं स्थानमा चन्द्रमा भ्रमण गरिहेकाले टाढाबाट धन आउन सक्छ । परिवारका सदस्यको सहयोगमा यसअघिका अधूरा कार्य आज पूर्ण हुनेछ । नयाँ ठाउँमा पारिवारिक भ्रमण पनि हुन सक्ने योग छ । मनमा शान्ति छाउने छ ।

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सिंह राशि भएकाहरूका लागि पनि आज समय राम्रो छ । छैटौं भावमा भ्रमण गरिरहेका चन्द्रमाले तपाइँलाई सकारात्मक बाटोतर्फ हिंडाउन भूमिका खेल्नेछन् । आज स्वास्थ्य राम्रो रहनेछ । शत्रुमाथि तपाइँको जीत हुनेछ । पढाइ लेखाईमा ध्यान केन्द्रित हुने देखिन्छ । समय अत्यन्तै शुभ रहेकाले नयाँ कार्यको थालनी आज गर्न सक्नुहुनेछ ।

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

कन्या राशि भएकाहरूका लागि आज पनि समय शुभ छैन । चन्द्रमा तपाइँको राशिमा पाचौं स्थान बनाएर भ्रमण गरिरहेकाले यात्रामा समस्या आउनेछ । दु:ख पर्ने खबर सुन्नुपर्नेछ । जे काम गर्न खोजेपनि अवरोधको सामना गर्नुपर्ने देखिन्छ । मनमा तनाव उत्पन्न हुनेछ, संयम हुनुहोला ।

 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

तुला राशि भएकाहरूका लागि आज समय भरपर्दो छैन । चौथो स्थानमा चन्द्रमा भ्रमण गरिरहेका छन् । त्यसैको प्रभावले आर्थिक संकट पर्न सक्नेछ । आज लेनदेनको कारोबार नगर्नुहोला । खानामा गड्बढी हुनाले पेटरोगको सामना गर्नुपर्नेछ । औषधि उपचारमा खर्च गर्नुपर्ने देखिन्छ । आफन्त पनि विनाकारण निहुँ खोज्दै आउनेछन् । समय खराब रहेकाले सर्तक हुन आवश्यक छ ।

 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

वृश्चिक राशि भएकाहरूका लागि आज पनि समय शुभ छ । तृतीय भावमा चन्द्रमा भ्रमण गरिरहेका छन् । त्यसैले तपाइँको मन शान्त हुनेछ । कामबाट आर्थिक लाभ हुनेछ । नयाँ काम गर्दै हुनुहुन्छ भने आज गर्नुहोला । धार्मिक कार्यमा धन जानेछ । आर्थिक पक्ष सबल रहनाले सहयोग गर्ने मन लाग्नेछ ।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

धनु राशिका लागि आज पनि समय अत्यन्तै खराब छ । द्धितीय भावमा अर्थात शत्रु भावमा चन्द्रमा भ्रमण गरिरहेका छन् । त्यसको नकारात्मक प्रभावमा तपाइँ हुनुहुन्छ । तपाइँलाई आज आँखामा समस्या देखिन सक्छ । बिरोधीहरू पनि बढ्नेछन् । प्रेममा धोका पनि हुन सक्छ । नगद पैसा हराउन सक्छ । स्वास्थ्यमा पनि समस्या देखिने योग रहेकाले सर्तक हुनुहोला ।

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

मकर राशि भएकाहरूका लागि आज अत्यन्तै समय राम्रो रहनेछ । आफ्नै भाग्य स्थानमा चन्द्रमा भ्रमण गरिरहेका छन् । यसको सकारात्मक प्रभावले आज आदर सत्कार पाइने ठाउँमा सरिक हुन पाइनेछ । विद्यामा प्रगति र प्रेम सम्बन्ध सुमधुर हुनेछ । स्वास्थ्य मजबूत र यात्रा फलदायी रहनेछ । नयाँ कामको थालनी गर्नका लागि आज उपयुक्त समय रहेको छ ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

कुम्भ राशिका लागि आजको दिन त्यति अनुकूल देखिएको छैन । १२औं भावमा रहेका चन्द्रमाले मानसिक पीडा, मानहानी हुन सक्नेछ । आफन्त धोका दिन सक्नेछन् । आर्थिक कारोबार आज नगर्नुहोला । गरिरहेको काममा चित्त बुझ्ने छैन । खर्चमा एक्कासी वृद्धि हुने योग छ । 

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

मीन राशि भएकाहरूका लागि आज पनि समय शुभ रहनेछ । ११औं भावमा चन्द्रमा भ्रमण गरिरहेका छन् । त्यसैले धन र जमीन लाभ हुनेछ । खुशीका खबर हुन्न पाइनेछ । मान सम्मान पनि आज तपाइँलाई मिल्न सक्छ । साथी भाइको सहयोगले आँटेका कार्य पूर्ण हुनेछ ।

  • Mero Jyotish

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish