मेष
मेष राशि हुनेहरुका लागि भदौं महिना राम्रो रहेको छ । सूर्य र बुधको एघारौँ गोचर र शुक्र ग्रहको बार्हौ गोचरको शुभ प्रभावले स्वास्थ्य राम्रो रहने, पारिवारिक जीवन तथा प्रेम जीवनमा समझदारी र विश्वासको वातावरण बन्ने, पढाईबाट सफलता प्राप्त हुने, राम्रो आय आर्जन हुने र काममा सफलता मिल्ने रहेको छ। व्यवसाय गर्नेहरुले यो समय लगानी गर्नका लागि वा नँया कामको सुरुवात गर्नको लागि शुभ समय रहेको छ भने शेयर बजारमा निवेशको लागि पनि यो समय अनुकूल देखिन्छ। मङ्गल ग्रहको गोचरले दाजुभाई बीच विवाद हुन सक्ने रहेकाले विचार गर्नुपर्छ।
वृष
वृष राशि हुनेहरुको लागि भदौं महिना मिश्रित नै रहनेछ । सूर्यले राशिबाट चौथों स्थानमा गोचर गर्ने भएकाले मानसिक तनाब बढ्ने, पारिवारिक समस्या हुन सक्ने रहेको छ भने मंगलको गोचरले स्वास्थ्यमा समस्या, छिटो आवेशमा आउनाले काम बिग्रिन सक्ने रहेकाले ध्यान दिनुपर्नेछ। शत्रुहरुले काममा समस्या गर्न सक्ने भएकाले ध्यान दिनुपर्ने छ। शुक्र र बुध ग्रहको गोचर तपाईंको राशिको लागि शुभ रहेकाले आर्थिक क्षेत्रमा गरिएको मेहनतको राम्रो परिणाम मिल्न सक्नेछ। व्यवसायमा वृद्धि हुनेछ। उच्च पदस्थ व्यक्तिहरुसँग सम्पर्क हुन सक्ने र बोलीको प्रभाव बढ्न सक्ने रहेको छ।
मिथुन
मिथुन राशि हुनेहरुको लागि भदौं महिना राम्रो रहनेछ । सूर्यको राशिबाट तेश्रो स्थानको गोचर र शुक्रको चौथों गोचर तपाईंको लागि शुभ फलदायक रहन सक्छ। यो समयमा पराक्रम बढ्न सक्ने, पारिवारिक मेलमिलाप कायम रहन सक्ने, आफन्तको सहयोग मिल्न सक्ने, वाहनको प्राप्ति हुन सक्ने रहेको छ। आर्थिक क्षेत्रमा सुधार हुनका साथै आम्दानीमा पनि वृद्धि हुनेछ । शत्रु परास्त हुनुका साथै मान-प्रतिष्ठामा वृद्धि हुन सक्छ। मङ्गल र बुधको गोचर शुभ नरहेकाले बोल्दा विचार पुर्याउनु पर्ने र स्वास्थ्यमा ध्यान दिनुपर्ने रहेको छ।
कर्कट
कर्कट राशि हुनेहरुको लागि भदौं महिना राम्रो रहनेछ । मङ्गल, बुध र शुक्रको गोचर राम्रो रहेकाले गर्दा भौतिक तथा मानसिक सुख मिल्न सक्ने, शत्रु परास्त हुनेछन्। नोकरीमा पदोन्नति र व्यवसायमा सफलता मिल्न सक्छ। बौद्धिक तथा शैक्षिक क्षेत्रमा सफलता मिल्न सक्छ भने पारिवारिक समझदारी कायम रहन सक्छ। तपाईंको लागि यो समयमा नँया लगानी तथा शेयर बजारको कारोबार फाइदाजनक रहन सक्छ। सूर्यको गोचर राशिबाट दोस्रो रहने भएकाले दुष्ट व्यक्तिहरुको संगत हुन सक्ने, आफु धेरै स्वार्थी हुन सक्ने, साथीभाई तथा आफन्तसँग विवाद हुन सक्ने रहेको छ।
सिंह
सिंह राशिको लागि भदौं महिना मध्यम छ । सूर्य यो महिनाभरि कर्कट राशिमा रहने भएकाले काममा बिलम्ब, पेटको रोगले समस्या, चंचल स्वभाव हुन सक्छ। विभिन्न कारणले परिवारबाट टाढा रहनुपर्ने हुन सक्छ। मङ्गल र बुधको गोचर पनि सामान्य रहेकाले आर्थिक लेनदेन बिग्रिन सक्छ। काममा ढिलासुस्ती र कामबाट उचित जस नमिल्न सक्छ। तपाईंले यो महिना धैर्य गरेर अगाडि बढ्नुपर्ने र काममा अलिक धेरै समय दिनुपर्ने देखिन्छ। शुक्र ग्रहको शुभ गोचरको प्रभावले नँया वस्त्र र मिष्ठान्न भोजनको प्राप्ति र कलाको क्षेत्रतिर मन जानसक्ने रहेको छ।
कन्या
कन्या राशि हुनेहरुको लागि भदौं महिना मध्यम रहन सक्छ । सूर्य र बुधको बाह्रौ गोचरको कारण र मङ्गल ग्रहको पनि पहिलो गोचरको अशुभ फलको कारणले खर्च बढ्न सक्ने, अनावश्यक विवाद उत्पन्न हुन सक्ने, यात्रा हुन सक्ने रहेको छ। पेटको समस्या र ज्वरो आउन सक्ने भएकाले स्वास्थ्यको विशेष ध्यान राख्नुपर्नेछ। शुक्र ग्रहको पहिलो गोचरको शुभ प्रभावले व्यवसायको क्षेत्र विस्तार हुनुका साथै नयाँ लगानीको अवसर मिल्न सक्छ। पारिवारिक समझदारी र मनोरंजनमा समय बित्न सक्छ।
तुला
तुला राशि हुनेहरुका लागि भदौं महिना राम्रो रहेको छ । सूर्य र बुधको एघारौँ गोचर र शुक्र ग्रहको बार्हौ गोचरको शुभ प्रभावले स्वास्थ्य राम्रो रहने, पारिवारिक जीवन तथा प्रेम जीवनमा समझदारी र विश्वासको वातावरण बन्ने, पढाईबाट सफलता प्राप्त हुने, राम्रो आय आर्जन हुने र काममा सफलता मिल्ने रहेको छ। व्यवसाय गर्नेहरुले यो समय लगानी गर्नका लागि वा नँया कामको सुरुवात गर्नको लागि शुभ समय रहेको छ भने शेयर बजारमा निवेशको लागि पनि यो समय अनुकूल देखिन्छ। मङ्गल ग्रहको गोचरले दाजुभाई बीच विवाद हुन सक्ने रहेकाले विचार गर्नुपर्छ।
वृश्चिक
वृश्चिक राशि हुनेहरुको लागि भदौं महिना धेरै राम्रो रहनेछ । सूर्य र बुधको तपाईंको राशिबाट दशौँ गोचर र शुक्र र मङ्गलको एघारौं गोचरको शुभ प्रभावले आम्दानी प्रशस्त हुनेछ। भूमि तथा वाहनको लाभ हुन सक्छ भने आफन्त तथा साथीभाई सहयोग र सद्भाव राम्रो मिल्न सक्छ। राज्यबाट मानसम्मान मिल्न सक्छ। काममा पदोन्नति र नयाँ अवसरहरु मिल्न सक्छ भने व्यवसायबाट राम्रो लाभ र सफलता मिल्न सक्नेछ। शत्रुहरुमाथि बिजय प्राप्त हुनेछ। सुख र आनन्दको प्राप्तिका साथै राम्रो अन्न र वस्त्रको लाभ हुन सक्ने समस्या रहेको छ।
धनु
धनु राशि हुनेहरुको लागि भदौं महिना सामान्य रहनेछ । सूर्य र बुधको तपाईंको राशिबाट नवौं घरको गोचर र मङ्गल र शुक्र ग्रहको दशौ गोचरले गर्दा तपाईंको काममा ढिलासुस्ती, शत्रुहरु बलिया भएर काम बिगार्न सक्ने, मानसिक चिन्ता बढ्न सक्ने, झुट्टा आरोपहरु लाग्न सक्ने, परिवार वा बैबाहिक जीवनमा असमझदारी हुन सक्छ। विद्यार्थीको पढाईमा मन लाग्नेछैन भने प्रेम जीवनमा समस्या आउन सक्छ। नँया लगानी वा कामको लागि यो समय उचित छैन।
मकर
मकर राशि हुनेहरुको लागि भदौं महिना सामान्य रहनेछ । सूर्य र मङ्गलको आठौँ र नवौं गोचरले काममा ढिलासुस्ती, स्वास्थ्यमा समस्या आउन सक्ने रहेपनि बुध र शुक्र ग्रहको गोचरको शुभ प्रभावले बिग्रिएका कामहरु बन्ने, पारिवारिक समझदारी रहने, पढाईमा मन जाने र प्रेम जीवनमा विश्वासको वातावरण बन्न सक्ने रहेको छ। भाग्यले साथ दिनुका साथै राम्रो राम्रो कपडा र मिठो मिठो खानेकुरा प्राप्त हुन सक्नेछ। मनोरंजनको लागि यात्रा हुन सक्ने योग पनि रहेको छ।
कुम्भ
कुम्भ राशि हुनेहरुको लागि भदौं महिना मध्यम रहनेछ । सूर्य ग्रहको राशिबाट सातौँ गोचरले र परिवार वा आफन्तमा विवाद हुन सक्ने र शारीरिक अस्वस्थता हुन सक्ने रहेकाले गर्दा ध्यान दिनुपर्ने रहेको छ। पढाईमा उचित ध्यान दिन नसक्नाले पढाई बिग्रिन सक्छ। प्रेम जीवनमा अनावश्यक शंका गर्नाले सम्बन्ध बिग्रिन सक्छ। शुक्र ग्रहको शुभ गोचरले काममा वा व्यवसायबाट सोचेको जस्तो आम्दानी गर्न सकिएला । आर्थिक क्षेत्रमा रहेका बाधाहरु पनि हट्नेछन्।
मीन
मीन राशि हुने हरुको लागि भदौं महिना राम्रो रहन सक्नेछ । सूर्य र बुध ग्रहको छैठौँ गोचरको शुभ प्रभावले व्यापार व्यवसायमा राम्रो उन्नति हुन सक्ने र नोकरीमा पदोन्नति मिल्न सक्ने सम्भावना पनि रहेको छ। नयाँ कामको सुचारु गर्ने अवसरहरु पनि रहेका छन्। शेयर बजारमा गरिएको लगानीले राम्रो प्रतिफल दिन सक्छ। मङ्गल र शुक्र ग्रहको विषम प्रभावले गर्दा स्वास्थ्य सम्बन्धि समस्या आउनाले समस्या हुन सक्ने भएकाले स्वास्थ्यमा ध्यान दिनुपर्ने छ। वैवाहिक तथा प्रेम जीवनमा असमझदारी हुन सक्ने सम्भावना रहेकाले ध्यान दिनुपर्छ।