कन्या राशिको वि. सं. २०८२ सालको वार्षिक राशिफल

कन्या राशि (Virgo)

राशिको पहिलो नाम : टो, पा, पि, पु, ष, ण, ठ, पे, पो 
राशिस्वामी : बुध

कर्मक्षेत्र /जागिर : 
नयाँवर्ष कन्या राशिका लागि मिश्रित फलदायी रहनेछ। केही चुनौतीहरू देखा पर्नेछन् । विशेषतः ग्रह गोचर र विभिन्न ग्रहहरूको प्रभावले व्यक्तिगत जीवनमा सकारात्मक परिवर्तन ल्याउने छ।

आर्थिक स्थितिः 
आर्थिक अवस्था वृद्धि हुने संभावना छ, तर खर्चमा पनि वृद्धि हुन सक्छ। विशेष गरेर नयाँ लगानी वा व्यवसायमा अवसर प्राप्त हुनेछ। व्यापार र वैदेशिक कार्यमा मुनाफा हुने योग छ। सेयर कारोवार फलिभूत रहनेछ। कुनै नयाँ आर्थिक योजना अघि बढाउँदा सावधानी अपनाउनु होला। भूधन फलिभूत रहनेछ।

परिवारः
पारिवारिक जीवन मिश्रित फलदायी रहनेछ । परिवारका सदस्यहरूबाट सहयोग प्राप्त हुनेछ । प्रेम र विवाह सम्बन्धी कुराहरूमा प्रगति हुनेछ। प्रेमसम्बन्ध स्थिर रहनसक्ने देखिन्छ। प्रेमिल यात्राका योग देखिन्छन् ।

शिक्षा :
शिक्षाको क्षेत्रमा यस वर्ष तपाईले इच्छित सफलता पाउने संभावना देखिन्छ। विशेष गरेर उच्च शिक्षा वा विशिष्ट क्षेत्रहरूमा प्रगति हुनेछ। भविष्यमा नयाँ अवसरहरू आउन सक्छन्।

स्वास्थ्यः 
यस वर्ष स्वास्थ्यमा केही चुनौतीहरू आउन सक्छन् । विशेष गरेर पाचनतन्त्र र मानसिक स्वास्थ्यमा गडबडी देखिन सक्छ। उच्च रक्तचाप र मुटुका समस्याहरूको सम्भावना रहेकाले नियमित चेकअप र खानपानमा ध्यान दिनु आवश्यक छ ।

राजनीतिका दृष्टिले वर्ष फलिभूत रहनेछ । सामान्य मतभेदको भने सामना गर्नुपर्ने देखिन्छ । पद प्रतिष्ठामा अभिवृद्धिका योग देखिन्छन् ।

वैशाख र भाद्र महिनाः तपाईको स्वास्थ्य र पारिवारिक दृष्टिले मध्यम फलदायी रहनेछन् । आषाढ र माघ महिना आर्थिक दृष्टिले सुखद् रहनेछन् । नयाँ प्रोजेक्टहरू र अवसरहरू मिल्नेछन् । पौष र फाल्गुन महिनाः राम्रो स्वास्थ्य र शान्तिपूर्ण वातावरण हुनेछ, जसले तपाईलाई व्यक्तिगत र व्यावसायिक जीवनमा सन्तुलन बनाउन मद्दत गर्नेछ।

"ॐ नमो भगवते वासुदेवाय" मन्त्रको जप शुभ फलदायी रहनेछ । नित्य गायत्रीको जप एवं ध्यानले नयाँ ऊर्जा प्राप्त हुने देखिन्छ । ग्रहको प्रतिकूल प्रभावलाई न्यून बनाउनका लागि सगुण र संयमको अभ्यास गर्नुहोला। स्वस्थ र सकारात्मक आचरण अपनाउन प्रयास गर्नुहोला। अन्य पक्ष सुखद् नै रहनेछन् ।

  • Astrologer Amrit Adhikari

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish