कन्या लग्नमा उत्पन्न जातकको फल

यस लग्नको स्वामी बुध ग्रह हो। कन्या लग्नमा उत्पन्न जातक मध्यम कदका हुने गर्दछन्। लग्नमा बुधको प्रभाव हुनाले यिनीहरू अत्यन्त बुद्धिमान हुने गर्दछन्। यिनीहरूको व्यक्तित्वले प्रत्येक व्यक्तिलाई आफूतर्फ आकर्षित तुल्याउँदछ।यिनीहरूको मस्तिष्क अत्यन्त रचनात्मक हुन्छ। सधं नवीनतम विचारलाई मनन गर्नु र त्यस्तै काम गर्नु यिनीहरूको स्वभाव हो। पृथ्वी तत्त्व हुनाले जसरी पृथ्वी सबैलाई धारण गर्दछ त्यसरी नै यिनीहरूभित्र पनि सहनशीलता पुर्ण रूपले भरिएको हुन्छ। यिनीहरू जतिसम्म सहन सकिन्छ, सहन्छन् र हरेक कुरालाई सहन गर्ने बानीले गम्भीर रोगलाई निम्त्याउँदछन्।

मेष लग्नमा उत्पन्न जातकको फल

वायु प्रकृति हुनाले यिनीहरू आफूलाई हरेक परिस्थितिमा बदल्न सक्छन्। जतिसुकै कठिन समस्या भए पनि यिनीहरू आफ्नो मानसिक सन्तुलन नियन्त्रित राख्न चाहन्छन् र समस्यादेखि डराउँदैनन्। यिनीहरू सबैलाई साथमा लिएर हिंड्ने प्रयास गर्दछन्। प्रत्येक व्यक्तिलाई खुसी पार्ने प्रयास गर्दछन् जुन कसैका लागि पनि सम्भव छैन। यिनीहरू साह्रै सफा मनका व्यक्ति हुन्छन्। यिनीहरू छलकपट जान्दैनन्, तर कुनै कार्यलाई गर्न जस्तो रणनीतिको आवश्यकता हुन्छ त्यसको उपयोग गर्दछन्। यिनीहरूलाई आफूसित जोडिएका प्रत्येक व्यक्तिले स्नेह गर्दछन्।

वृष लग्नमा उत्पन्न जातकको फल

प्रत्येक कामको लाभहानि विचार गरेर नै यिनीहरू काम गर्दछन्। यिनीहरूको आचरण शुद्ध र सफा हुन्छ। कसैप्रति पनि आफ्नो मनमा कुनै नराम्रो विचार राख्दैनन्। सबैलाई क्षमा गर्ने बानी, विपरीत परिस्थितिमा पनि धैर्य राख्ने र समस्याको समाधान गर्ने क्षमता आदिले यस्ता मानिसलाई विशिष्ट व्यक्तित्व बनाउँछ। यिनीहरू आफ्नो समस्या सबैलाई भन्दैनन् र जतिसुकै ठूलो समस्या भए पनि यस्ता मानिसलाई देख्दा यिनीहरू कठिनाइमा छन् भन्ने लाग्दैन।

मिथुन लग्नमा उत्पन्न जातकको फल

सबै खाले भोजन यस्ता मानिसलाई मन पर्छ। जीवनको एउटा कालखण्डमा यिनीहरू केही नयाँ खानेकुरा मन पराउँछन्, तर अर्को भागमा यिनीहरू आफ्नो खानेकुराप्रति अत्यन्त जागरूक हुनपुग्छन् र आफ्नो स्वास्थ्यलाई ध्यान राख्दै भोजन छान्छन्। यस्ता मानिसलाई गीतसंगीतको रुचि हुन्छ, जसलाई पूरा गर्न यिनीहरू आफ्नो घरमा पूर्ण व्यवस्था गर्दछन्। यिनीहरू आवश्यकता पर्दा सबैको मद्दत गर्दछन्। हरसम्भव सहायता गर्न यस्ता व्यक्ति तैयार रहन्छन्।

कर्कट लग्नमा उत्पन्न जातकको फल

द्विस्वभाव लग्न हुनाले यिनीहरू कहिलेकाहीं धेरै भावुक हुने गर्दछन्, अनि कहिले यत्ति कठोर हुनपुग्छन् कि अरु मानिसहरू छक्क पर्छन्। यस्ता व्यक्तिले सबैका लागि धेरै गर्दछन्, तर सट्टामा उचित व्यवहार नपाउँदा उदास र दुःखी हुनपुग्छन्। यिनीहरूको स्वभावमा अत्यन्त कोमलता र अर्काका लागि ममता हुने गर्दछ, तर स्वभावको यही कोमलता यिनीहरूको व्यक्तित्वको नकारात्मक पक्ष पनि बन्नपुग्छ, जुन अन्य मानिसले सदुपयोग गर्दछन्। हरेक कार्यलाई समयमा गर्नु र प्रत्येक वस्तुलाई त्यस्को सही स्थानमा राख्नु यिनीहरूको स्वभाव हो।

सिंह लग्नमा उत्पन्न जातकको फल

लग्नेश बुध भएका कारण यस्ता व्यक्तिले भाषामा राम्रो पकड र वाणीको कुशलता अनि कुनै पनि कुराको तर्कपूर्ण तथ्य चाहन्छन्। कुनै पनि कुराको ठोस तर्कविना यस्ता व्यक्तिले त्यसलाई स्वीकार गर्दैनन्। प्रारम्भमा सबै कुरो सहनु र एक दिन अचानक रिस देखाउनु यस्ता मानिसका लागि र सामु हुने अर्को व्यक्ति दुबैका लागि घातक हुन्छ, त्यसैले समस्यालाई सुरुमा नै मेट्दै हिंड्ने बानी बनाउनुपर्छ।

तुला लग्नमा उत्पन्न जातकको फल

पुस्तकको अध्ययन गर्नु, पण्डित्याइँ गर्नु, वित्त र वाणिज्यको क्षेत्रमा काम गर्नु, लेखक, कवि, अध्यापक, सल्लाहकार, ज्योतिषी, कृषक र शोधकर्ता हुनु यस लग्नको विशेषता हुने गर्दछ, त्यस्तै यिनीहरूकोआयातनिर्यात, एकाउन्टस, ढुवानी, खेलकुद, यातायात र ठेक्कापट्टा-दलाली आदिमा समेत रुचि हुने गर्दछ।

वृश्चिक लग्नमा उत्पन्न जातकको फल

धनु लग्नमा उत्पन्न जातकको फल

मकर लग्नमा उत्पन्न जातकको फल

कुम्भ लग्नमा उत्पन्न जातकको फल

मीन लग्नमा उत्पन्न जातकको फल

  • Astrologer Amrit Adhikari

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish