सिंह लग्नमा उत्पन्न जातकको फल

गरमस्वभाव, अग्नितत्त्व, भ्रमणप्रिय र निर्जल लग्न हो, सिंह लग्न। सिंह लग्नका जातक अत्यन्त तेजस्वी र आत्मविश्वासी हुने गर्दछन्। अग्नि झैं नै ऊर्जावान हुने गर्दछन्, कुनै पनि कार्यलाई गर्न पछि पर्दैनन्। जुन काम प्रारम्भ गर्दछन् त्यसलाई पूरा गरी छाडछन्। नीति बनाउन र त्यसलाई अमल गर्न यिनीहरू मन पराउँछन्। अनुशासनहीनता यिनीहरूलाई मन पर्दैन। यिनीहरूमा आफूले निर्माण गरेको विधि, नियम र अनुशासनलाई राम्ररी पालना गर्ने र अन्यलाई पनि पालना गर्न लगाउने बानी हुन्छ। आफ्नो मानसम्मान यिनीहरूलाई धेरै मन पर्छ। यदि यस्ता मानिसले कुनै वाचा गरे भने पूर्णरूपले पालना पनि गर्दछन्। यस्ता व्यक्ति सबैसँग घुलमिल गर्न पनि सक्दैनन् र अरुले यिनलाई उस्तो मन पनि पराउँदैनन्। यिनीहरू आफ्नो स्तरअनुकूलका व्यक्तिहरूसँग बसउठ गर्न मन पराउँछन्।

मेष लग्नमा उत्पन्न जातकको फल

यो लग्न स्थिर लग्न भएकाले यिनीहरूको स्वभाव र व्यवहारमा पनि स्थिरता नै हुने गर्दछ। जुनसुकै कामलाई प्रारम्भ गरेपछि त्यसमा अन्त्यसम्म जोडिनु यिनीहरूको विशेषता हो।यस्ता व्यक्तिले अरु व्यक्तिसित जस्तो व्यवहार गर्दछन्, त्यस्तै व्यवहारको अपेक्षा आफ्ना लागि पनि होस् भन्ने चाहन्छन् र यस्ता नहुँदा रुखो व्यवहार देखाउन पनि पछि पर्दैनन्। सिंह लग्नको मालिक सूर्य हो, त्यसैले यस लग्नका व्यक्ति राजसी स्वभावका हुने गर्दछन्। सुखसुविधायुक्त जीवन मन पर्छ। अर्कालाई काम गर्न लगाउनु यिनीहरूलाई मन पर्छ, तर आफूचाहिं काम गर्दैनन्। राम्रै भए पनि अरुले गरेको काम यिनीहरूलाई मन पर्दैन।

वृष लग्नमा उत्पन्न जातकको फल

यस्ता मान्छे अरुको काम, विचार वा निर्णयमा छिट्टो सहमत हुंदैनन् तर आफ्नो अभिभावकत्व र संरक्षण स्वीकार्ने व्यक्तिलाई पूर्ण रूपले सहायता गर्दछन्। यस्ता व्यक्तिले मानसिक र प्रशासनिक काम राम्ररी गर्दछन्, शारीरिक काम गर्न यिनीहरूलाई मन पर्दैन। सिंह लग्नका व्यक्ति जुन कुरा वा व्यक्तिसित माया वा प्रेम अथवा मित्रता गर्दछन् उसमा केवल आफ्नो नै अधिकार भएको ठान्दछन् र यस्ता व्यक्ति ईष्र्यालु स्वभावका हुन्छन्।
मिथुन लग्नमा उत्पन्न जातकको फल
सिंह लग्नका जातक मध्यम कद र सन्तुलित व्यक्तित्वका व्यक्ति हुने गर्दछन्। यिनीहरूको शारीरिक गठन सन्तुलनयुक्त हुन्छ। यस्ता व्यक्ति दयालु प्रवृत्तिका हुने गर्दछन्, सबैका निमित्त समान व्यवहार यिनीहरूको मनमा हुन्छ। यस्ता व्यक्ति आफ्नो संस्कार र परम्परासित अलि धेरै जोडिएका हुन्छन्। तिनलाई पालना गर्नु यिनीहरूको स्वभाव हुन्छ। धेरै रिसाउनु र मरमसलायुक्त राजसी भोजन गर्नु यिनीहरूको स्वास्थ्यका लागि हानिकारक सिद्ध हुनसक्छ। आफ्नो खानेकुरा र क्रोधमा नियन्त्रण राख्नु राम्रो हो। यस्ता मानिसलाई पित्तसम्बद्ध रोगको कठिनाइ हुनसक्छ। धेरै पानीको सेवन गर्नुपर्छ। आफ्नो राजसी र ऐश्वर्यशाली जीवनशैलीमा नियन्त्रण राख्नु राम्रो हो।
कर्कट लग्नमा उत्पन्न जातकको फल
यस लग्नमा जन्मिएका मान्छे साहसी, स्पष्टवादी, धैर्यवान् र आत्मविश्वासी हुन्छन्। ख्याति प्राप्त लेखक, डाक्टर, क्यामिस्ट, प्रशासक र बौद्धिक कार्य गर्ने विद्वान् र दार्शनिक आदिमा सिंह लग्नको मुख्य भूमिका हुन्छ।

कन्या लग्नमा उत्पन्न जातकको फल

तुला लग्नमा उत्पन्न जातकको फल

वृश्चिक लग्नमा उत्पन्न जातकको फल

धनु लग्नमा उत्पन्न जातकको फल

मकर लग्नमा उत्पन्न जातकको फल

कुम्भ लग्नमा उत्पन्न जातकको फल

मीन लग्नमा उत्पन्न जातकको फल

  • Astrologer Amrit Adhikari

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish