मिथुन लग्नमा उत्पन्न जातकको फल

मिथुन लग्नमा बुधको प्रभाव हुन्छ। यस लग्नमा जन्मने मानिसहरू बहुमुखी प्रतिभाका धनी हुने गर्दछन्। यिनीहरूको मस्तिष्क सदैव विचारमग्न र गतिमान रहने गर्दछ त्यसैले हरेक समय केही न केही यिनीहरूको मस्तिष्कमा संचरण भई रहन्छ। यिनीहरूको व्यक्तित्वमा सुकोमलता र बालसुलभ क्रियाकलाप हुन्छ जसले सबैलाई आफूतर्फ आकर्षित गर्दछ।

मेष लग्नमा उत्पन्न जातकको फल

लग्नको मालिक बुध भएका कारणले गाह्रोभन्दा गाह्रो कामलाई पनि यिनीहरू आफ्नो बुद्धिकौशलले सजिलो तुल्याउँदछन्। जुन विषयमा जति गहिरो ज्ञान हुन्छ त्यसप्रति यिनीहरूको झुकाउ त्यति नै धेरै हुन्छ, त्यसैले गणित जस्तो कठिन विषयप्रति यिनीहरूको झुकाउ धेरै हुन्छ। यिनीहरूको ठट्यौलो स्वभाव हुन्छ कति पटक त मानिसहरूले यिनीहरूको ठट्टालाई सजिलै बुज्न सक्दैनन् र यिनीहरूसित रिसाउँछन् पनि।

वृष लग्नमा उत्पन्न जातकको फल
मिथुन लग्नका जातक मध्यम कदका हुने गर्दछन्। शारीरिक श्रम यिनीहरूको व्यक्तित्वको पाटो बन्दैन किनभने धेरजसो कामको व्यवस्थापन यिनीहरू बुद्धिकौशलले सम्पन्न गर्दछन्। द्विस्वभाव लग्न हुनाले यिनीहरूको स्वभावमा पनि दोहरोपन यवास्तवमा लचीलोपनद्ध हुन्छ। समयका अनुसार आफ्नो व्यवहारलाई परिवर्तन गर्नु अथवा हरेक परिस्थितिमा आफूलाई परिवर्तन गर्नु, वातावरणलाई आफूअनुसार परिवर्तन गर्नु वा स्वयं वातावरणअनुसार परिवर्तित हुनु यिनीहरूको स्वभावको विशेषता हुने गर्दछ। मिथुन लग्नको चिह्न स्त्रीण्पुरूषको जोडी, जसमा पुरूषको हातमा गदा र स्त्रीको हातमा वीणा छ, त्यसैले कहिले यस्ता व्यक्तिले कठोर स्वभाव र कहिले साह्रै कोमल व्यवहार लिने गर्दछन्।
कर्कट लग्नमा उत्पन्न जातकको फल
मिथुन लग्नका जातक एक्लै बस्न सक्दैनन्। यस्ता मानिसलाई साथीहरूसँग बस्न राम्रो लाग्छ। यिनीहरू हरेक आयु वर्गका व्यक्तिसँग मित्रता गर्न पनि सक्छन् र त्यसलाई निर्वाह गर्न पनि सक्छन्। यिनीहरू हरेक किसिमको वातावरणमा आफूलाई बदल्न सक्छन्। प्रत्येक किसिमको भोजन यस्ता मानिसलाई मन पर्छ। यिनीहरू मिश्रित प्रकृतिका भएका कारण यस्ता मानिसलाई रोग पनि मिश्रित अर्थात् धेरै किसिमका नै लाग्ने गर्दछन्। यस्ता मानिसले खानेकुरामा विशेष गरी घरभन्दा बाहिरको खानेकुराको परहेज गर्नु पर्छ।
सिंह लग्नमा उत्पन्न जातकको फल
आफ्नो बहुमुखी प्रतिभाका कारण यिनीहरूले कतिपय क्षेत्रमा प्रसिद्धि हासिल गर्दछन्। यिनीहरूको व्यवहारिक ज्ञान राम्रो हुन्छ। कुनै पनि व्यक्तिबाट आफ्नो कुनै काम कसरी गराउनु पर्छ, त्यस्ता व्यवहार कुशलता यस्ता मानिसलाई राम्ररी आउँछ। हरेक चीजलाई सिक्ने र पाउने लालसा यिनीहरूमा हुने गर्छ। यिनीहरू खाली बस्न सक्दैनन्। हरेक समय व्यस्त हुनु र केही नयाँ गर्ने चाहना यिनीहरूमा हुने गर्छ। यिनीहरूको हँसिलो स्वभावले यस्ता मानिसलाई हरेक ठाउँमा लोकप्रिय बनाउँछ। मिथुन लग्नको जातकको स्वभाव मधुरभाषी, ठट्यौलो र आफ्न धारणा, विचार र आदेश अर्कामाथि थोपर्ने खालको हुन्छ। यस्तो मानिसले एउटा राम्रो सेल्सम्यान, व्यापारी, प्रबन्धक आदिको भूमिका निर्वाह गर्नसक्छ। यस्ता व्यक्तित्वहरू ठूलठूला योजनाविद् पनि बन्न सक्दछन्।

कन्या लग्नमा उत्पन्न जातकको फल

तुला लग्नमा उत्पन्न जातकको फल

वृश्चिक लग्नमा उत्पन्न जातकको फल

धनु लग्नमा उत्पन्न जातकको फल

मकर लग्नमा उत्पन्न जातकको फल

कुम्भ लग्नमा उत्पन्न जातकको फल

मीन लग्नमा उत्पन्न जातकको फल

  • Astrologer Amrit Adhikari

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish