मेष लग्नमा उत्पन्न जातकको फल

मेष लग्नका जातक हेर्दा दुब्लापातला अर्थात् धेरै मोटो पनि होइन र अनि त्यति पातलो नै पनि होइन, तर भित्रबाट बलिया र कठोर हुने गर्दछन्। मेष लग्न चर लग्न हो अर्थात् चलायमान। यस्ता व्यक्ति एकै ठाउँमा अडिएर बस्न सक्दैनन् निरन्तर क्रियाशील हुनु यिनीहरूको स्वभाव जस्तै हुन्छ। लग्नको मालिक मंगल भएका कारणले सेनापति झैं अनुशासनप्रिय हुने गर्दछन्। यिनीहरूलाई कुनै पनि काममा चुप लागेर बस्न मन पर्दैन। यिनीहरू एकै पटक धेरैवटा काम प्रारम्भ गर्दछन्, प्रतीक्षा गर्न मन पर्दैन त्यसैले छिट्टै परिणाम प्राप्त नहुँदा कामलाई बीचमा नै छोड्ने प्रवृत्ति हुन्छ र यसै स्वभावका कारण कुनै पनि काम पूरा गर्न सक्दैनन्।

वृष लग्नमा उत्पन्न जातकको फल

मेष लग्नको अग्नि तत्त्व हुन्छ त्यसैले यस्ता मानिसलाई मसालेदार खानेकुरा मन पर्छ। मसालेदार भोजन गर्नाले यस्ता मानिसलाई पित्त र पेटसम्बन्धी समस्या हुने गर्दछ। यस्ता मानिसले आफ्नो खानेकुरामा मरमसला कम भएको भोजन उपयोग गर्नु पर्छ र जतिसक्दो धेरै पानी खानु पर्छ। अग्नि तत्त्व हुनाले यस्ता मानिसलाई अत्यधिक रिस उठ्छ तर जति छिट्टो रिस उठ्छ त्यति नै छिट्टो सेलाउँद पनि। यस्ता मानिसले आफ्नो क्रोधमा नियन्त्रण गर्ने प्रयास गर्नु पर्छ र धैर्य धारण गर्नु पर्छ, अन्यथा व्यर्थमा विरोधीको संख्या बढ्न थाल्नेछ।

मिथुन लग्नमा उत्पन्न जातकको फल

मेष लग्नको चिह्न भेडो हुन्छ जसरी भेडाले विचार नगरी आफ्नो शत्रुमा आक्रमण गर्छ त्यसरी नै मेष लग्न भएका मानिसहरू पनि सोच्दै नसोची, शत्रुको शक्तिलाई ख्यालै नगरी काम गर्दछन्। आफ्ना नातागोतामा सुमधुर सम्बन्ध कायम राख्न यस्ता मानिसले आफ्नो वाणी र व्यवहारमा विनम्रता ल्याउनु पर्छ। यिनीहरू अत्यधिक महत्वकांक्षी हुने गर्दछन्। आफ्नो महत्वकांक्षाको परिपूर्तिका लागि यिनीहरू निरन्तर मिहिनेत गर्दछन्। यस्ता मानिसलाई योजना बनाउन मन पर्छ, नेतृत्व गर्न चासो राख्छन् तर कसैको निर्देशनमा काम गर्न मन पर्दैन। मेष लग्नका जातक सफा मन भएका हुने गर्दछन् र जस्तै भए पनि भन्नु पर्ने कुरो अगाडि नै भन्छन्।

कर्कट लग्नमा उत्पन्न जातकको फल

यस लग्नका जातक पुलिस, सेना, फायरमैन, खेलाड़ी, धावक र साहसिक कार्यसँग नजिक हुन्छन्। अन्वेषणमूलक स्वभाव हुनाले ऊ अनुसन्धाता, ज्योतिषी, तान्त्रिक, मन्त्रविद् र खोजकर्ता पनि हुन्छ। त्यसैले गुप्तचर विभाग, पौडीवाज, चिरफारको चिकित्सक(सर्जन), ठेकेदार(कन्ट्र्याक्टर) जस्ता पेशामा पनि ऊ संलग्न हुनसक्छ। यस लग्नका व्यक्तिले पानी धेरै खानु पर्छ अनि आफूभित्रको आवेग र क्रोधलाई नियन्त्रित राख्नसक्नु पर्छ अनि मात्र आफ्ना कार्यक्षेत्रमा सफलता पाउन सक्दछन्। विपरीत परिस्थितिलाई आफूअनुकूल बनाउने क्षमता यस वर्गका व्यक्तिहरूमा देखिन्छ।

सिंह लग्नमा उत्पन्न जातकको फल

कन्या लग्नमा उत्पन्न जातकको फल

तुला लग्नमा उत्पन्न जातकको फल

वृश्चिक लग्नमा उत्पन्न जातकको फल

धनु लग्नमा उत्पन्न जातकको फल

मकर लग्नमा उत्पन्न जातकको फल

कुम्भ लग्नमा उत्पन्न जातकको फल

मीन लग्नमा उत्पन्न जातकको फल

  • Astrologer Amrit Adhikari

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish