ज्योतिष शास्त्रको अनुसार कुण्डलीमा कुल ९ ग्रह हुन्छ | मान्छेको जीवनमा सबै ग्रहको छुट्टा-छुट्टै प्रभाव रहेको हुन्छ | ज्योतिषशास्त्रको अनुसार जुन ग्रह कुण्डलीमा जसरी बसेको हुन्छ त्यसरी नै त्यसले असर गरेको हुन्छ | त्यहि कारणले गर्दा हाम्रो जीवनमा फरक फरक अवस्था आएको हुन्छ | ग्रहले हामीलाई शुभ र अशुभ संकेत देखाएको हुन्छ | हाम्रो जीवनमा कुन ग्रहले कस्तो असर गरेको हुन्छ ? हेर्नुहोस्
सूर्य शुभ सुर्यले तपाईलाई मान-सम्मान दिन्छ | तर अशुभ सुर्यले आँखा सम्बन्धित समस्या देखाउँछ | साथै अपमानित पनि हुनु पर्नेछ |
चन्द्रमा
चन्द्रमा शुभ हुँदा तपाई मानसिक रूपमा स्थिर हुनेछ | अशुभ चन्द्रमाले तपाईको मन धेरै चन्चल बनाउनेछ | साथै तपाईमा मानसिक तनाव पनि बढी हुन्छ |
मंगल
मंगल शुभ हुँदाखेरि तपाईलाई जमिन सम्बन्धि काममा विशेष लाभ मिल्छ | यदी मंगल अशुभ भयो भने तपाईको वैवाहिक जीवनमा समस्या आउनसक्छ | साथै रगत सम्बन्धि समस्या पनि देखाउन सक्छ |
बुध
शुभ अवस्थामा बुधले तपाईको दिमागलाई बढी नै तेज बनाउँछ | यसले तपाईंको बोली पनि राम्रो बनाउँछ वा बोलीबाट अरुलाई प्रभावित पार्न सकिनेछ। तर यदी अशुभ भयो भने तपाईले दिमागसंग सम्बन्धि कम गर्न सक्नु हुदैन् |
बृहस्पति
शुभ अवस्थामा गुरुले तपाईलाई धार्मिक काम तर्फ मन लगाउछ | तपाईलाई शिक्षा क्षेत्रमा धेरै लाभ हुन्छ | यदी तपाईको बृहस्पति ग्रह अशुभ छ भने जति मेहेनत गर्दा पनि फल पाउन सक्नु हुँदैन् | सफलताको लागी एकदमै मेहेनत गर्नुपर्छ |
शुक्र
यदी तपाईको शुक्र ग्रह शुभ छ भने तपाईले सबै किसिमको भौतिक सुख-सुविधा पाउनु हुनेछ | तपाईको जीवनमा ऐश र आरामले बित्नेछ | अशुभ अवस्थामा भने वैवाहिक जीवनमा समस्या आउनेछ |
शनि
शनि शुभ हुँदाखेरि तपाईलाई फलाम सम्बन्धि काममा विशेष लाभ मिल्छ | यो ग्रह अशुभ हुँदा दुर्भाग्यको सामना गर्नुपर्नेछ | पैसाको समस्या तथा सावरी साधनले धेरै दु:ख दिनेछ |
राहु र केतु
शुभ अवस्था यो ग्रहले रहस्यमयी तरिकाले उपलब्धि दिन्छ | आकस्मिक लाभ वा जुवा तास आदि बाट लाभ आदि प्राप्त हुन्छ। तर अशुभ अवस्थामा भने मानसिक सम्बन्धि रोग तथा नशाको सिकार हुनु पर्नेछ |