मकर राशि भएका व्यक्तिको स्वभाव तथा अन्य शुभाशुभको विचार

"भो, जा, जि, खि, खु, खे, खो, गा, गी" यी ९ अक्षर मध्ये कुनै एक अक्षरबाट आफ्नो नाम सुरु भएमा, त्यसको मकर राशि हुन्छ। मकर राशिमा जन्मेको व्यक्तिको राशिस्वामी शनि, चर संज्ञक, कफ प्रकृतिवाला तथा वातरोगले पीडित, स्थूल शरीर वाला, तमोगुणी, बाटुलो अनुहार, कालो वा गहुँगोरो वर्ण, वैश्यवर्ण,  दक्षिण दिशाको स्वामी भएकाले दक्षिण दिशातर्फ बाट लाभ होला । बुधबार, शुक्रबार र शनिबारको दिन कुनै काम प्रारम्भ गर्नको लागि राम्रो होला भने आइतबार, सोमबार र मङ्गलबारको दिन काम प्रारम्भ गर्नको लागि खासै राम्रो नहोला।

मेष राशिको सम्पूर्ण फल

यसको गर्दननेर वा घाँटी नजिक कोठी तिल वा दाग आदि रहला। यो राशिको ब्यक्ति कसैलाई पनि दुख नदिने र झुट्टा कामदेखि डराउने, काम पनि धेरै गर्ने, धेरै सन्तान भएको, परदेश वा राज्यबाट धन प्राप्त गर्ने, मनले चिताएको काम धैर्यले पुरा गर्ने होला। यस्तो व्यक्तिलाई गर्मीबाट हुने रोग र पेट सम्बन्धि समस्याले सताउला। यस राशिको व्यक्ति कुलमा हीन स्वभाववाला, स्त्री वा पुरुषको वशीभूत, पण्डितज्ञ, अर्काको निन्दा गर्ने, पुत्रावान्, मातापिताको भक्त, धनवान्, दाता, दयालु, धेरै बन्धु(आफन्त) भएको, अर्काबाट सुख पाउने, घमण्डी, लोभी, निर्दयी, सङ्गीतमा धेरै रुचि नभएको, विषम शरीर वाला तर अग्लो भएपनि शिथिल होला। 

वृष राशिको सम्पूर्ण फल

निज व्यक्तिलाई बाह्रौं सूर्य, आठौँ चन्द्र, बाह्रौं मंगल, नवौँ बुध, लग्नको बृहस्पति, दोश्रो शुक्र, दशौँ शनि, तेश्रो राहु वा केतु, बैशाख महिना, चतुर्थी, नवमी र चतुर्दशी आदि रिक्तातिथिहरु, मङ्गलबार,  सिंह राशि(स्त्री), रोहिणी नक्षत्र, बैधृति योग, शकुनी करण, कुम्भ लग्न (यात्रामा) घातक मानिन्छ।  यसको वृष, मिथुन, कन्या, तुला, मकर र कुम्भ राशिवालासँग मित्रता रहन्छ। मेष, कर्कट, सिंह  र वृश्चिक राशिवालासँग शत्रूता रहन्छ भने शेषराशि धनु र मीन राशिसँग समभाव रहन्छ। निज व्यक्तिलाई ३, ६, १७ र २३ वर्षमा खराब समय आउँला।

  • Astrologer Amrit Adhikari

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish