तुला राशि भएका व्यक्तिको स्वभाव तथा अन्य शुभाशुभको विचार

"रा, री, रू, रे, रो, ता, ति, तु, ते" यी नौ (९) अक्षर मध्येबाट नाम सुरु भएमा तुला राशि हुन्छ। तुला राशिमा जन्मेको स्त्री वा पुरुषको राशि स्वामी शुक्र चर संज्ञा, कडा स्वभाव, शुद्रवर्ण, वात प्रकृतिवाला, रजोगुणी, पश्चिम दिशाको स्वामी हो। मुख रातो वा  गहुँगोरो  वर्णवाला होला, साथीहरु धेरै होलान्, सपना धेरै आउला, उच्च स्थानबाट एकपटक लड्ने सम्भावना होला।  

मेष राशिको सम्पूर्ण फल

पश्चिम दिशातिर अधिक लाभ होला। सन्तान धेरै होलान् तर सन्तान राम्रो होलान्,  पेटमा, शिरमा र कम्मरमा समस्या होला, परदेशबाट धेरै लाभ होला। बुधबार, शुक्रबार र शनिबारको दिन लाभदायक रहला भने आइतबार, सोमबार र बिहीबार खासै राम्रो नहोला।  तुला राशिवाला व्यक्ति कम शत्रु भएको, अरुको डाहा गर्ने, मधुरभाषी, दयालु, नम्र, काव्य वा साहित्यमा रुचि राख्ने, चन्चल आखाँ, आफ्नो घरमा बहादुरी देखाउने, व्यापार गर्न सिपालु, अध्यात्ममा रुचि राख्ने, आफन्तमा सद्भाव राख्ने, परदेशमा बस्ने, ज्ञानप्रिय, राजनीतिज्ञ, विचारशील, स्त्री भए पुरुषको र पुरुष भए स्त्रीको  अधीनमा रहने होला।

वृष राशिको सम्पूर्ण फल  

तुला राशिलाई छैटौं सूर्य, तेश्रो चन्द्रमा, सातौँ मङ्गल, चौथौं बुध, आठौँ  बृहस्पति, नवौँ शुक्र, पाँचौं शनि, दशौँ राहु तथा केतु, शतभिषा नक्षत्र, शूल योग, तैतिल करण, कन्या लग्न (यात्राको लागि),मीन  राशि, बिहीबार, माघ महिना,  चतुर्थी, नवमी र चतुर्दशी आदि रिक्तातिथिहरु घातक होला।  वृष, मिथुन, कन्या, तुला, मकर र कुम्भ राशिवालासँग मित्रता रहला भने कर्कट र सिंह राशिसँग शत्रुता रहला। मेष, वृश्चिक, धनु र मीन राशिसँग समभाव रहला।   ३, २३ र ४६  बर्ष कष्ठदायक समय होला।

  • Astrologer Amrit Adhikari

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish