"टे, पा, पी, पु, ष, ण, ठ, पे, पो" यी नौ (९) अक्षर मध्येबाट नाम सुरु भएमा कन्या राशि हुन्छ। कन्या राशिमा जन्मेको स्त्री वा पुरुषको राशि स्वामी बुध द्विस्वभाव संज्ञा, शीतल स्वभाव, वेश्यवर्ण, वात प्रकृतिवाला, दक्षिण दिशाको हो। यसको मुख बाटुलो र पहेलो वर्णवाला, कालो रौवाला, गर्दनमा, पाखुरामा, पीठमा कोठी होला। परदेशको व्यापारबाट धन प्राप्ति होला, दाजुभाई र आफन्तसँग राम्रो सम्बन्ध होला
मेष राशिको सम्पूर्ण फल
दक्षिण दिशातिर अधिक लाभ होला। अधिक शत्रू होलान् ,आशा नभएको कार्य पनि सिद्ध होला, सन्तानमा एउटा छोरा र एउटा छोरी होला र छोराबाट भन्दा छोरीबाट धेरै सन्तोष होला। चिसो सर्दी वा खोकीको रोग र पेटमा समस्या होला। कन्या राशिवाला व्यक्ति विलासी, साधुभक्त, सुन्दर, दानी, राम्रो बोली भएको, काव्य वा साहित्यमा रुचि राख्ने, परदेशी, आफ्नो उन्नति र मान सम्मानमा धेरै ध्यान दिने होला। साथै बहुमूल्य वस्तुको ब्यापारी, गणित, लेखा र औषधिको कार्यबाट राम्रो लाभ मिल्ला।
कन्या राशिलाई लग्नको सूर्य, दशौँ चन्द्रमा, दोस्रो मङ्गल, एघारौँ बुध, तेस्रो बृहस्पति, चौथो शुक्र, बाह्रौं शनि, पाँचौं राहु तथा केतु, श्रवण नक्षत्र, शूल योग, कौलब करण, मीन लग्न (यात्राको लागि), मेष राशि, शनिबार, भाद्र महिना, पन्चमी, दशमी र पूर्णिमा आदि पूर्णातिथिहरु घातक होला। वृष, मिथुन , सिंह, कन्या र तुला राशिवालासँग मित्रता रहला भने कर्कट राशिसँग शत्रुता रहला। मेष, वृश्चिक, धनु, मकर, कुम्भ र मीन राशिसँग समभाव रहला। २, १२, २२, ३० र ५५ बर्ष कष्ठदायक समय होला।