मिथुन राशि भएका व्यक्तिको स्वभाव तथा अन्य शुभाशुभको विचार

"का, की, कु, घ, ङ, छ, के, को, हा" यी नौ (९) अक्षर मध्ये कुनै एक अक्षरबाट नाम सुरु भएमा, त्यसको मिथुन राशि हुन्छ।  अत: मिथुन राशिमा जन्मेको व्यक्तिको राशिस्वामी बुध द्विस्वभाव संज्ञा, शूद्रवर्ण, पित्तप्रकृतिवाला र पश्चिम दिशाको स्वामी हो।  मिथुन राशिबाट द्वितीय स्थानमा कर्कट राशि परेकोले मिथुन राशिवाला व्यक्ति केही कालो (रातो वर्ण) भएरै पनि सबैसँग मिलनसार, स्वार्थी तर बुद्धिमान होला।  त्यो महिला वा पुरुष वार्तालापमा अति चतुर होला, मुखमा माई (शितला)को खत, निधारमा कालो तिल कोठी वा दाग आदि रहला, भाग्यमानी, कसैलाई ऋण दिदा फिर्ता नहुने, सुन चाँदी इत्यादि धातुबाट नोक्सान होला। पाँचौ स्थानमा तुला राशि परेकोले र तुला राशिको मालिक शुक्र भएकाले जन्मेका जति सबै सन्तान नबाँच्लान् वा थोरै सन्तान
होलान् र छोरी भाग्यमानी होली। छैटौँ वृश्चिक राशि परेकोले रक्त विकार, आउँ, कब्जियत होला, चांडै रिसाउने होला।  

मेष राशिको सम्पूर्ण फल

सातौँ धनु राशि परेकोले श्रीमान वा श्रीमतीबाट लाभ मिल्ला। दशौं मीन राशि परेकोले ठुला बडा मानिससँग सङ्गत रहला र त्यसले गर्दा फाइदा पनि होला र घटिया मानिससँग पनि मित्रता रहला किनकि साथीहरु सदा दोष देख्ने मात्र होलान्। पैसा वा सम्पति गुप्त रुपले राख्न सक्ने क्षमता होला। संगीत मन पराउने, बोल्नमा चतुर, अभिनयको क्षमता रहेको, नीतिवादी, शिथिल शरीरवाला, समय अनुसार चल्न सक्ने, पितृभक्त, कुटनीतिज्ञ, शत्रू प्रति कठोर, यात्रा गरिरहन मन पराउने, कठोर चित्तवाला, केहि कन्जुस, नास्तिक, अर्काको भेद खोल्ने इत्यादि स्वभाव होला। पेटको रोगले दुख देला। सोमबार नँया कामको सुरुवात नगर्नु र आइतबार, बुधबार, शुक्रबार काम सुरु गर्दा राम्रो होला।

वृष राशिको सम्पूर्ण फल

मिथुन राशि भएको महिला वा पुरुषलाई बाह्रौँ सूर्य, नवौँ चन्द्र, पहिलो वा लग्नको मङ्गल, दशौँ बुध, दोश्रो बृहस्पति, तेश्रो शुक्र, एघारौँ शनि, चौथौं राहु तथा केतु, स्वाती नक्षत्र, परिघ योग, चतुष्पद करण, कर्कट लग्न( यात्राको लागि), वृश्चिक राशि, सोमबार, पौष महिना, द्वितीया, सप्तमी र द्वादशी जस्ता भद्रातिथिहरु घाटक मानिन्छ। मिथुन राशि भएकालाई वृष, मिथुन, सिंह, कन्या र तुला राशिसँग मित्रता रहला। मेष, वृश्चिक, धनु, मकर, कुम्भ र मीन राशिसँग समभाव रहला भने कर्कट राशिसँग शत्रूता रहला। मिथुन राशिवालालाई ८, २८, ४८, ५२ बर्षमा शरीरमा पीडा होला।

  • Astrologer Amrit Adhikari

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish