मेष राशि भएका व्यक्तिको स्वभाव तथा अन्य शुभाशुभको विचार

 

"चू, चे, चो, ला, लि, लू, ले, लो, अ" यी ९ अक्षर मध्ये कुनै एक अक्षरबाट आफ्नो नाम सुरु भएमा, त्यसको मेष राशि हुन्छ। मेष राशिमा जन्मेको व्यक्तिको राशिस्वामी मङ्गल चर संज्ञक, पित्त प्रकृति, पूर्व दिशाको स्वामी र क्षेत्रियवर्ण हो। त्यो व्यक्ति चन्चल चित्त एवं नेत्रवाला(आँखा), प्राय: सधैको रोगी, धन र धर्म दुवै आर्जन गर्ने, केहि मोटो जाँघवाला, पापी स्वभावबाट बन्चित, राजमान्य, श्रीमतीको प्रिय, दाता, पानीदेखि डराउने, उग्र कर्म गर्ने तर नम्र हुने, संगीत धेरै रुखी नभएको, मिलेको शरीर भएको, थोरै सन्तान भएको, अहँकारी र छिटो आवेशमा आउने, साहसी, साथीहरुलाई सहयोग गर्ने, थोरै खाने तथा कामुक होला। साथै कृषि काम, पशु, धातु, सैनिक र औषधि आदिको कामबाट जीवन निर्वाह गर्ने होला।

 

मेष राशिको व्यक्तिको मुखमा बगलमा वा पैतालामा अर्थात् मुख, काखी वा पैतालामाथि वा मुनी यिनै कुनै स्थानमा कालो कोठीको दाग वा चिन्ह खत आदि होला।
यसको छैटौ स्थानमा कन्या राशि परेकाले यसलाई रगत वा गर्मी सम्बन्धि रोग ज्यादा हुनेछ।  यसको सातौ स्थानमा तुला राशि भएकाले विवाह इतरको सम्बन्धहरु हुन सक्छ। यसको अष्टम स्थानमा वृश्चिक राशि परेकाले यात्राको व्यापारमा अधिक वृद्धि होला। यस राशि वाला व्यक्तिले सोमबार, मंगलबार र बिहीबार गरेका काम सिद्ध होला भने आइतबार र बुधबार गरेका काम राम्रो नहोला। यस राशिको व्यक्तिलाई एकपटक अग्लो ठाउँबाट लड्ने वा पानीमा डुब्ने सम्भावना छ, बाल्य तथा वृद्ध अवस्थामा यसलाई व्यापारबाट धन प्राप्त होला साथै पूर्व दिशाको यात्रा गर्नाले लाभ होला। निज व्यक्ति खरो स्वभावको, बोल्नमा चतुर र सामान्य शरीरवाला होला भने गुप्तचर काममा छिटो प्रगति गर्ला।

 

निज व्यक्तिलाई चौथो सूर्य, पहिलो चन्द्र, पाँचौ मंगल, दोस्रो बुध, छैटो बृहस्पति, सातौ शुक्र तेस्रो शनि, आठौ राहु वा केतु, वृश्चिक राशि, मघा नक्षत्र, बिस्कुम्भ योग, बबकरण, मेष लग्न, आइतबार र कार्तिक महिना घातक मानिन्छ।  यसको मेष, कर्कट, सिंह, वृश्चिक, धनु र मीन राशिवालासँग मित्रता रहन्छ। मिथुन  र कन्या राशिवालासँग शत्रूता रहन्छ भने शेषराशि वृष, तुला, मकर र कुम्भ राशिसँग समभाव रहन्छ।  अत: निज व्यक्तिले मिथुन, सिंह, तुला, वृश्चिक, धनु, मकर, कुम्भ र मीन राशि मध्य कुनै सँग विवाह गर्दा राम्रो हुन्छ।  निज व्यक्तिलाई ३, ६, १२ र २४ वर्षमा खराब समय आउँला।

 

 

  • Astrologer Amrit Adhikari

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish