हाम्रो समाजमा परापूर्व कालदेखि नै संक्रान्तिको फल श्रवण गर्ने परम्परा रहेको छ। पहिले हाम्रा राजा महाराजाहरुले तथा सर्वसाधारणहरुले पनि हरेक महिनाको संक्रान्तिको दिन संक्रान्ति फल श्रवण गर्ने गरेको इतिहास भेटिन्छ। संक्रान्ति फलमा संक्रान्तिको दिन परेको बार अनुसार त्यो महिना कस्तो रहन सक्छ भनेर उल्लेख गरिएको हुन्छ। आज हामीले यहाँ सूर्य पन्चाङ्गमा रहेको संक्रान्तिको फल प्रस्तुत गरेका छौँ।
संक्रान्ति फल
भदौमा मंगलबारको संक्रान्तिले रातारङ्गका वस्तु, घ्यू, तेल आदि रसादि वस्तुको मूल्य बढ्नेछ । दुर्घटना, आन्दोलन, जुलुसजस्ता घटनाहरू देखापर्ने छन् । भाद्र शुक्लपक्षमा २ तिथि टुट्नाले १३ दिनको पक्ष भई रौरवकाल योग बनेको छ । । यसको फल चौतर्फी हानी हुने, अनिष्ट घटना देखापर्ने शास्त्रमा बताइएको छ । खाद्यान्नको मूल्य बढ्नेछ । वैदेशिक सम्बन्धमा सुधार आउने र राजस्व वृद्धि हुनेछ । अन्तर्राष्ट्रिय समस्या समाधानतर्फ उन्मुख हुनेछ । शेयर बजार उकालो लाग्न थाल्नेछ । वर्षाले कतैकतै धनजनको क्षति गराउनेछ । ५ देखि ८ गतेसम्म र १५ देखि २६ गतेसम्म मेघ बादल वर्षा योग रहेको छ ।
श्रोत: सूर्य पन्चाङ्ग